☰ open Loading... 1 December 2024|  

परिक्षणका लागि हुम्लाबाट सुर्खेत पठाइएका ९ वटा स्वावको रिपोर्ट नेगेटिभ
  | ८ बैशाख २०७७, सोमबार १७:०४

जनकबहादुर शाही
हुम्ला,बैशाख– ०८ -पिसिआर परिक्षणका लागि हुम्लाबाट सुर्खेत पठाइएका शंकास्पद ९ जनाको स्वावमा नेगेटिभ रिपोर्ट आएको छ हुम्ला सदरमुकाम सिमकोट स्थित तल्लो बजारमा रहेको चर्चमा बनाईएको क्वारेन्टिनमा बसेका नौ जनाको स्वाब संकलन गरी पिसिआर  परिक्षणका लागि हुम्लाबाट सुर्खेत पठाई सुर्खेत प्रदेश अस्पतालको ल्यापमा पिसिआर जाँच गर्दा ९ जनाकै भिटिएम परिक्षण नेगेटिभ आएको स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख प्रेम बहादुर सिंहले बताएका छन् । देशका बिभिन्न शहर र भारत तथा तेस्रो मुलुकबाट  हुम्ला फर्केर क्वारेन्टिन बसेका नौजनाको स्वाव परीक्षणका लागि पठाइएको थियो ।

पीसीआर परीक्षणमा पनि नेगेटिभ रिपोर्ट  नआउदै उनिहरु घर गएका भए पनि पीसीआर परिक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि ढुक्कको अवस्था भएको प्रमुख सिंहले बताउनु भयो । अहिले सम्म हुम्लामा ९६ जनाको र्यापिड डाँग्नोस्टिक टेस्ट र ९ जनाको पीसीआर टेस्ट गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।