गोविन्द केसी
दैलेख, वैशाख ८– कोटेशनविनै आफुखुसी ३० लाखको सामान नारायण नगरपालिकाले खरिद गरेको छ ।११ वडामा खाद्य सामाग्री तथा औषधी खरिदमा कोटेशनविनै खरिद गरेको हो ।
बजारमुल्यभन्दा धेरै विल पेश गरेर खाद्यान्न सामाग्रीको भुक्तानी गरिएको छ । नगरपालिकाकै कर्मचारीबाट विल मिलाएर पेश गर्न ब्यापारिलाई सहजीकरण गरेको खुलेको छ । ४२ रुपैँया प्रतिकेजी पर्ने चामलको मुल्य ५० रुपैँयासम्म विलमा मिलाईएको एक जनप्रतिनिधिले नाम नछाप्ने शर्तमा बताए । ९ सय ५४ परिवारका लागि खरिद भएको खाद्यान्न तथा स्वास्थ्यचौकीका लागि खरिद भएको किटनाशक औषधीमा समेत विल बढाएर पेश गरिएको छ । श्रोतका अनुसार पैसा भुक्तानी गरिसकेपछि विलहरु नगरपालिकामा मिलाएर पेश गरिएको छ । अति विपन्न परिवारलाई दिईएको राहतमा पसलैपिच्छे फरक फरक विल आएपछि खर्च भएको राहत रकममा विवाद आएको थियो । नगरपालिकामै कर्मचारीकै संलग्नमा कोटेशन नलिई ३० लाख रकम आफुखुसी चर्को मुल्यमा सामान खरिद गरि अनियमितता गरेको आरोप जनप्रतिनिधिहरुले लगाएका छन् । प्रकृया ख्यालै नगरि आफुखुसी मनपरि रुपमा ३० लाख रकम राहतका नाममा विल बढाएर खर्च भएको भन्दै अहिले जनप्रतिनिधिहरुले विरोध समेत गरेका छन् । भ्याट दर्ता नभएका पसलहरुमा नगरपालिकाले २० हजारदेखी मुनिका खुद्रा विलहरु बनाउँन लगाएर भुक्तानी गरेको छ ।
क्याप्सन ः नारायण नगरपालिका, दैलेख ।
ठुलो कारोवार गर्ने ब्यापारिहरु भ्याट छल्नका लागि पानामा दर्ता भई सञ्चालनमा रहेका छन् । जसले राज्यलाई भ्याट छल्ने गरेको छ । महालेखा परिक्षणको कार्यालयले भ्याट विलमै काम गर्न कार्यालयहरुलाई सुझाव दिएको छ । कोटेशनविनै राहतका लागि खाद्य सामाग्री खरिद गरिएको प्रमुख प्रशासकिय अधिकृत छविलाल नेपालीले स्विकार गरेका छन् । छिटो चाहिने भएकाले सुचना तथा कोटेशन निकाल्ने अँझै धेरै काम समय अपुग भएकाले ब्यापारिहरु कहाँ पुगेर खाद्यान्न सामाग्री उठाईएको नारायण नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नेपालीले बताए ।