जेष्ठ ५,-दैलेखको ठाटिकाँध गाउँपालिका वडा न ६ का वडा अध्यक्ष मनबहादुर सिजापति आफ्ना (+ 2) मात्रै पास गरेका भाईलाई स्थानिय स्तरको शिक्षकमा नियुक्ति गर्न प्रश्नपत्र नै लिक गराएकाछन । सो परिक्षामा अध्यक्षले आफ्ना भाइलाई जागीर खुवाउन स्नातकोत्तर गरेका तेजबहादुर रोकायालाई असफल बनाईएको खुलासा भएको छ । गाउँपालिकामा त्यहाँका जनप्रतिनिधिहरूले स्थानिय तहको शिक्षक कर्मचारी नियुक्तिमा प्रश्नपत्र नै आफ्ना नातेदालाई बाडेर नियुक्ति गर्ने गरेको खुल्न आएको छ । पालिकाका पदाधिकारी र आसेपासेहरू लगाएतका मान्छेहरूको भर्तिकेन्द्र बन्नेको भन्ने आरोप खेप्दै आएको दैलेखको ठाटिकाँध गाउँपलिकाको अर्को कर्तुत बाहिरिएको छ ।
गाँउपालिकाको शिक्षक छनौटका लागी २०७५ साल साउन २६ गते प्रकाशित विज्ञापनका लागी आवेदन दिएका उम्मेदवारका लागि पालिकाले लिएको परीक्षामा आफ्ना मान्छेहरू छनौट गर्न पालिकाका केहि जनप्रतिनिधि,पदाधिकारी र कर्मचारीहरू मिलेर पहिलेनै प्रश्नपत्र आउट गरेको कुरा एक अडियो मार्फत खुलासा भएको छ ।
हालै बाहिरिएको उक्त अडियोमा पालिकाका पदादिकारी र कर्मचारीहरूले आफ्ना मान्छे र नातागोता भर्तिगर्न प्रश्नपत्र नै आउटगरीएको कुरा को पुष्टि भएको छ । सार्वजनिक भएको उक्त अडियोमा गाउँपालिकाका कम्प्युटर अपरेटरले प्रश्नपत्र लिक गराएको कुरा भनिएको छ । प्रश्नपत्र आउट गरि पास भएको केही समय पछि एउटा आयोजित खुशियालि गाउँपालिकाको रोकाया चोकको जमघटमा मादक पदार्थ सेवन गरेका परीक्षामा उत्तीर्ण बनाइएका वडा न ६ का वडा अध्यक्ष मनबहादुर सिजापतिका सहोदर माईला भाइ भक्तबहादुर सिजापति अर्का एक अनुत्तीर्ण उम्मेदवार तेजबहादुर रोकायासंग प्रश्नपत्र लिक गरेको कुरा बताएका छन ।
त्यसपछि रोकायाले प्रश्नपत्र लिक भएको छ भनेर आफुलाई किन नभनेको भनेर दुखेसो गरीरहेछन । अगाडि उनले भनेका छन ” यदि तपाइले प्रश्न पत्र आउट भएको कुरा मलाई जानकारी गराएको भए म त्यत्तिकै किन त्यति दु:ख गर्थें ” । अन्त हो कि यहाँ मात्रै आउट गरिएको हो भन्ने रोकायाको प्रश्नमा अन्त मात्रै होइन पालिकाका सबै ठाँउमा प्रश्नपत्र आउटगरीको भक्तबहादुर सिजापती भनेका छन ।
गाउँपालिकाले निमावी तहमा गणित, विज्ञान , अङ्ग्रेजी , सामाजिक र नेपाली विषयको शिक्षक पद पुर्ती गर्न २०७५ /० ५/०९ गते लिखित परीक्षा लिएर ०७५/०५/ ११ गते नतिजा प्रकाशित गरेको थियो ।
यहाँ सार्वजनिक भएको अडियो भने मालिका मा वि पाँचलाको नि मा वि तहको नेपाली विषयकालागी भएको परिक्षाको रहेको छ । जसमा सोहिका वार्ड अध्यक्षका भाईलाई उत्तिण बनाईएको थियो ।
अनियमिता र भ्रस्टाचारको आरोप खेप्दै आएको सो गाउँपालिका अध्यक्ष धिरबहादुर शाहिलाई विप्लव नेपाल कम्युनिस्ट पार्टिले नियन्त्रणमा समेत लिएको थियो । विप्लव नेकपाले अध्यक्ष शाही माथी पनि नातेदार भर्ती गरेको, भ्रष्टाचार गरेको आरोप लगाएपनी उनले ती आरोपहरूलाई अस्विकार गर्दै आएका छन ।
संबादमा सहभागी भएका सफल बनाईएका उम्मेदवार टाटिकाँध गाउँपालिका वडा न: ६ का वडाका भक्त बहादुर सिजापती बहादुर हुन जसले उच्च माबी तह (+2) मात्रै पास गरेका छन भने परीक्षामा फेल बनाइएका उम्मेदवार तेजबहादुर रोकाया हुन जसले डिग्री (स्नातकोत्तर ) गरेका छन ।
यो बिषय बारे बुझ्न गाउपालिकामा कम्प्युटर साखाका कर्मचारी मन्धिरे बुढाले(अडियोमा प्रश्नपत्र आउट गरेका भनिएका ब्यक्ति) प्रमाण भए सार्वजनिक गर्नुस भन्दै खास जवाफ दिन मानेका थिएनन् । भक्त बहादुर र उनका दाइ वार्ड अध्यक्ष सग भने सम्पर्क हुन सकेन ।
हेर्नुस उनिहरूविच भएको संवाद:
विचबाट सुरु वडा. ६ अध्यक्षका सहोदर माईला भाई भक्तबहादुर सिजापति) :- अब नयाँ शैक्षिक सत्र २०७८ बाट सुरु हुने हो ।
तेजबहादुर रोकाया :कोइसन(प्रश्न) त्यै त हजुरले लिकगर्नुभा छ यसरी हजुरै हुनुहुने हो भनेर मैले त केइ था पाइन हेर्नू । हजुरले मलाई भन्दा मैले किन यसरी दु:ख गर्थे ।
हामी सम्पर्क गर्दा ठाटीकाधका कम्प्युटर कर्मचारी
अध्यक्षका माइलाभाई (भक्तबहादुर सिजापति) : – मैले त भन्या हौ (भनिदिएको हुँ) । मैले पहिल्यै भन्दिएको हुँ । तपाईहरू मेरो गाउँठाउको मान्छे मसंग नलाग्नु (म संग ) मेरो चान्स यत्ती हो । यो चान्समा म टप्या भन्या टप्या (पास भएँ भने भए ) नत्र म फेल हुँन्छु ।
तेजबहादुर रोकाया :- राम्रो भयो त झन ।
अध्यक्षका माइलाभाई (भक्तबहादुर सिजापति) :- अँ मैले त्यो भन्याकै हौँ (मसंग कम्पोटिसन नगर भनेको हु )
तेजबहादुर रोकाया :- लिक सिक गरेका हुन भन्देको भैदिए मैले दु:ख किन गर्थें र यत्तिकै न ।
अध्यक्षका माइलाभाई (भक्तबहादुर सिजापति) :- यैले मानेन त । यै सुरजले मान्दै मानेन । मैले भने म भनेको म हौं । यो तेजबहादुरलाई नलडाउ , ल्याइकन नभिडाउ भनेको हु ( मै हुने भएकाले तेजबहादुरलाई ल्याएर मसंग परिक्षादिन नलागाउ भनेको हुँ) तर !
तेजबहादुर रोकाया :- कोइसन (प्रश्नपत्र) हजुरलाई मात्रै लिक गरेका हुन कि अन्तकालाई पनि गरेका हुन अन्तकाले पनि हेरेका थिए चिट (प्रश्नपत्र गाँउपालिकाका अरूठाँमा पनि आउट गरेका हुन कि ? )
अध्यक्षका माइलाभाई (भक्तबहादुर सिजापति) :- अन्तपनी गरेछन ।
तेजबहादुर रोकाया :- अन्तकालाई पनि दिएका थिए ?
अध्यक्षका माइलाभाई ( भक्तबहादुर सिजापति) :- हाम्रो त उत्तर कि फटाफट आएको थियो लेख्यौँ । हाम्रो त नम्बर पनि तिमिहरूको भन्दा हाइजेस्ट हो ।
तेजबहादुर रोकाया : – लेख्न त हामिले पनि लेख्यौ तर के गर्ने जति जानेका थियौं तेति नै लेख्यौँ ।@साभार राजधानी
अध्यक्षका माइलाभाई (भक्तबहादुर सिजापति) :- हुनत त चालिसमा चालीस करेक्ट छन एनसर “कि”(उत्तर को “कि”) आएपछि त सकिगो नि । त्यो भयो मेरो यत्ती समयहो उसले डिग्री गरेको छ । तेजबहादुर भनेको डिग्री गरेको मान्छे हो । मलाई नगर मलाई ट्यानसन छ । मलाई नगर म अहिले यहाँ सेटल हुने मान्छे हो । यत्ती सेटल भएन भने म कहिल्यै सेटल हुन सक्दैन ।
तेजबहादुर रोकाया : – कोइसन त्यो माथी मन थापाले पनि भन्थ्यो के पछि सुर्खेत गएर भन्यो के यस्तो यस्तो गरेर फोटोकपी गरेर लगेका थिए भन्यो त्यसले मैले त केही थाहा पाँएन ।
अध्यक्षका माइलाभाई (भक्तबहादुर सिजापति) :- गाउँपलिकामा कोइसन पेपर के भयो भने नि मन्धिरे छन नि त ती तल मन्धिरे बुढा ।
तेजबहादुर रोकाया :- कहाँ को हो त्यो ?
अध्यक्षका माइलाभाई (भक्तबहादुर सिजापति) :- पोरी सिराडिका मन्धेर्या बुढा । उसले त्यहाँ टाइपिङ गरिसकेपछी यो प्रश्नपत्र स्वाट्ट मलाई म्यासेन्जरमा पठाईदियो ।
तेजबहादुर रोकाया :- मन्धिर्या थापा भन्ने काँ लाकान्द्रको ?
अध्यक्षका माइलाभाई (भक्तबहादुर सिजापति) :- लकान्द्राको मन्धिर बुढा ।
तेजबहादुर रोकाया :- के गर्छ त्यसले ?
अध्यक्षका माइलाभाई (भक्तबहादुर सिजापति) :- कम्प्युटर आइटी हो त त्यो ।
तेजबहादुर रोकाया :- हो र ! ए ।
अध्यक्षका माइलाभाई (भक्तबहादुर सिजापति) :- उसले मेसेन्जजमा ट्रन्सफर गरीसकेपछी…। मैले भनेको साचो कुरा हो ।
तेजबहादुर रोकाया :- मेसेन्जरमा पठाईदियो याहाँ ?
अध्यक्षका माइलाभाई (भक्तबहादुर सिजापति) :- अँ उसले सपकासब कपि गरेर पठाईदियो ।
तेजबहादुर रोकाया : भन्नुपर्छ नि यार हजुरहरूले मलाई ।
अध्यक्षका माइलाभाई (भक्तबहादुर सिजापति) :- नाई उसलाइ मैले भनेको हुँ सुरत ( सुरत तेजबहादुर रोकायाका भाइ ) भाइ नगर रनदे उ(तेजबहादुर रोकाया) डिग्री गरेको मान्छे जहाँपनी काममा लाग्न सक्छ म इन्टर गरेको छु मलाई बन्नदेउ भाईहरू । नगर मैले भन्याकै हुँ । सुरत भन्नू भोलि बिहानै त्यो कुरा मिस्टेक खायो भने म ( गु )दिशा खाँउला हेर है म सिधा कुरा गर्छु है गलत कुरा गर्दैन । तर उसले के गर्यो भने मेरो भाई (सुरत तेजबहादुर रोकायाका भाइ हुन यहाँ उनले दाइ भनेका छन ) त डिग्री गरेको छ यता उता मेरो । भाईले डिगरि गरेकाछन भनेर उसले पनि लाइदियो फम (दरगास्त दियो ) लागाईसकेपछि तर अहिले मैले कुरा बुझिकसेपछी म सेटल गर्दै छु है तिमिहरू गुनासो कसरी गर्ने म यहाको हाकिम पनि होइन । म तिमिहरूको मान्यागुन्या मान्छे पनि होइन है। ।
तेजबहादुर रोकाया :- किन नमाने हो र मान्ने कुरामा ।
अध्यक्षका माइलाभाई (भक्तबहादुर सिजापति) : तर योग्यताका आधारमा यहाँ पलस टु (+2) संचालन हुने बित्तिकै……….साभार राजनिती डटकम