सुशील खड्का
सुर्खेत । वीरेन्द्रनगरस्थित खुलामञ्चको क्वारेन्टाइनमा बसेका थप पाँच जनाको स्वाब रिपोर्ट शंकास्पद आएको छ । बबईमा शनिवार गरिएको आरडीटी परीक्षणमा पोजेटिभ आएका ११ जना मध्य पाँच जनाका रिपोर्ट शंकास्पद देखिएको हो ।
याे पनि पढ्नुहाेस् : सुर्खेतका तीन जनामा काेराेना पुष्टी
प्रदेश अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा रिपोर्ट पोजेटिभ देखिएपछि उनीहरुलाईको स्वाब पुनःपरीक्षणका लागि नेपालगञ्ज पठाइएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए ।
उनकाअनुसार पाँच जना भारतबाट आएका हुन् । ‘उनीहरुको ठाउँ पहिचान गर्न शुरु गरिसकेका छौं’ डा. तिवारीले भने, ‘१२ बजेसम्म पीसीआरको अन्तिम रिपोर्ट आइपुग्छ, त्योभन्दा अघि उहाँहरु कुन ठाउँका हुन र भारतको कुन ठाउँबाट आएका हुन् भन्ने विवरण पनि आइपुग्छ ।’
शनिवार भारतबाट अाएका तीन जनामा काेराेना पुष्टी भइसकेकाे छ । यसअघि दैलेख अाठविस नगरपालिकाका एक जनामा काेराेना पुष्टी भइसकेकाे छ । कर्णालीमा काेराेना संक्रमितकाे संख्या चार पुगेकाे छ । संक्रमित सबैकाे काेराेना विशेष अस्पताल कालागाउँकाे अाइसाेलेशनमा उपचार भइरहेकाे छ भने सबैकाे स्वास्थ्य अवस्था सामान्य छ ।