☰ open Loading... 7 July 2020|   मङ्लबार, असार २३, २०७७

सुर्खेतका १२ जनामा कोरोना पुष्टी

  |

सुशील खड्का
सुर्खेत ।  कोरोना भाइरस (कोभिड(१९) बाट थप १२ जना संक्रमित पुष्टी भएका छन् । सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले आज सार्वजनिक गरेको विवरणअनुसार संक्रमित सबै भारतबाट आएका हुन् ।

प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा वीरेन्द्रनगर–१, २, ३ र ६, का ८ जना, भेरीगंगा–८ का २ जना र सिम्ता गाउँपालिकाका ४ का २ जना छन् । उनीहरु १६, ९, २०, ३२, ३२, ४६, २६, १६, १७, ३५ र ४९ वर्षीय उमेर समूहका रहेको स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए । उनकाअनुसार संक्रमित सबै केही दिन अघि मात्रै भारतबाट आएका हुन् ।

‘उहाँहरु सबै क्वारेन्टाइनमा हुनुहुन्थ्यो, त्यहीँबाट स्वाब संकलन गरेर परीक्षण गरेका हौं’ तिवारी भने, ‘संक्रमितहरुलाई कोरोना विशेष अस्पताल कालागाउँको आइसोलेशनमा ल्याउन लागेका छौं, सबैको स्वास्थ्य अवस्था सामान्य छ ।’ कर्णालीमा योसँगै कोरोना संक्रमितको संख्या २३ पुगेको छ ।

प्रकाशित मितिः मङ्लबार, जेष्ठ १३, २०७७     8:34:54 AM
error: Content is protected !!