| १३ जेष्ठ २०७७, मंगलवार २१:२४
दैलेख जेठ१३-भारतबाट आएर दैलेखको त्रिभुवन माध्यमिक विद्यालयमा बस्दै आएका ब्यक्तिहरुद्धारा ब्यवस्थापन राम्रो नभएको भन्दै क्वारेन्टाइनमा नाराबाजी गरेका छन् । उनीहरुले खानेपानी , शौचालय बर्ती लगायतका कुरामा ब्यवस्थापन नभएको भन्दै क्वारेन्टाइनमै नाराबाजी गदै ढुङ्गा मुढा पराह गरि विरोध गरेका हुन् । स्थानीय प्रशासन र नगरपालिकालाई पटक पटक भन्दा पनि ब्यवस्थापन हुन नसकेपछि आफुहरुले नाराबाजी गर्नुपरेको उनीहरु बताउँछन् । प्रहरीले ती ब्यक्तिहरुलाई नाराबाजी नगरेर सहमतीमा आउन भनेपछि आन्दोलन रोकिएको छ । भोली उनीहरुकाे माग सम्वोधन गरिने जनाईएको छ । राती क्वारेन्टाइनमै नाराबाजी भएपछि दैलेख बजारका स्थानीयहरु क्वारेन्टाइन नजिक आएका थिए । उनीहरुको माग जायज भएकाले तत्काल सम्वोधन हुनुपर्ने स्थानीयहरु बताउँछन्।