☰ open Loading... 26 November 2024|  

कर्णाली प्रदेेेेशमा थप १५ जनामा काेरना संक्रमितकाे पुष्टि,
  | १४ जेष्ठ २०७७, बुधबार १६:१२

 

 

 

दैलेख १४ जेष्ठ -कर्णाली प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या ३८ पुगेको छ । नयाँ थप १५ जना संक्रमित रहेको पुष्टि भएपछि संक्रमितको संख्या ३८ पुगेको छ । कर्णालीको प्रदेश अस्पतालका निर्देशक एवम् मेडिकल सुपरिटेन्डेन्ट डाक्टर डम्बर खड्काले संक्रमण पुष्टि भएकाहरुको अवस्था भने सामान्य भएको बताए । नयाँ संक्रमितको विवरण भने सामाजिक विकास मन्त्रालयले सार्वजनिक गर्न बाकी छ।