| १५ जेष्ठ २०७७, बिहीबार १३:४३
दैलेख जेठ १५, दैलेखमा थप ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखाका अनुसार बिहीवार थप ८ जनामा कोरोना पुष्टि भएको छ ।
प्रदेश अस्पताल सुर्खेतमा रहेको पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा दैलेखको नारायण नगरपालिका–१ का २६ वर्षीय पुरुष, वडा नम्बर ३ का १९, ३०, ३६, ४० वर्षीय पुरुष, सोही नगरपालिकाका ४ का २० वर्षीया महिला र १ वर्षीय बालक र वडा नम्बर ५ का १७ वर्षीय १ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले बताए ।
सबै जना सरस्वती माध्यमिक विद्यालय दैलेखमा रहेको आइसोलेसन कक्षमा उपचार गराइरहेका छन् ।