☰ open Loading... 25 November 2024|  

दैलेखमा थप १४ जना कोराना संक्रमित
  | १६ जेष्ठ २०७७, शुक्रबार २२:००

जेठ१६-दैलेख नारायण नगरपालिकामा थप १४ जनामा कोराना पोजेटिभ देखिएको छ ।कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पिसिआर परिक्षणका क्रममा थप १४ जनाको रिर्पोट पोजेटिभ देखिएको हो । १७ देखि ५० बर्ष उमेर समुहका मानिसहरुलाई कोराना पोजेटिभ देखिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षाध्यक्ष डा. निरेश थापाले जानकारी दिए । उनीहरु सबै भारतबाट आएका हुन् । सुर्खेतबाट आएको १ हजार ४० जनाको स्वाब परिक्षणको प्रारम्भिक परिक्षणमा नै १४ जनामा पोजेटिभ देखिएको थियो ।

दैलेख नारायण नगरपालिका २,३,४,६,८,९ र १० वडाका स्थानीयमा कोराना पोजेटिभ देखिएको हो । दैलेख नारायण नगरपालिकामा यसअघि ८ जनामा कोराना पोजेटिभ देखिएको थियो ।