☰ open Loading... 18 September 2024|  

क्वारेन्टाइन बनाउन खोज्दा स्थानीय अवरोध, न मास्क न सामाजिक दुरी
  | १७ जेष्ठ २०७७, शनिबार २१:३८

जेष्ठ १७, (जुम्ला) – बिश्वब्यापी रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पछिल्लो समयमा तीब्र रूपमा फैलिइरहेको छ । यसको रोकथाम नियन्त्रणका लागि विभिन्न उपाय अपनाउने क्रममा सरकारले लकडाउन गरेको दुई महिना बढी भैसकेको छ ।
यसै क्रममा जुम्लाको चन्दननाथ नगरपालिकाले कोरोना संक्रमितलाई सुरक्षीत रूपमा राख्न क्वारेन्टाइन बनाउने क्रममा स्थानीयले अवरोध गरेका छन् । नगरपालिकाले खाली रहेका सरकारी कार्यालय भवन, बिद्यालय, पाटी, सत्तल आदिलाई क्वारेन्टाइन बनाउन खोज्दा स्थानीयले अवरोध गरेको बुझिएको छ ।
नगरपालिकाको यो अभियानमा सघाउनुको सट्टा अवरोध गर्नुले त्यहाँको मानव समाज कस्तो चेतनामा छ भन्ने कुराको संकेत गर्दछ । मुलुकभर कोरोना संक्रमितको संख्या दिनानुदिन ह्वात्तै बढीरहेको बेला स्थानीय निकायलाई ब्यबस्थापन को गतिलो चुनौती छ । यो विषम परिस्थितिमा राज्यको जुनसुकै निकाय बाट प्राप्त सूचना, जानकारी, नीति नियम पालना गर्नु एउटा जिम्मेवार नागरिकको कर्तव्य भित्र पर्ने कुरा हो ।
एउटा सचेत नागरिकको सामान्य कर्तव्य समेत ख्याल नगरी बिना मास्क सामाजिक दुरी समेत कायम नगरी हुल हुज्जत गरेर बिरोधमा उत्रनु आफ्नै स्वास्थ माथिको गम्भीर खेलवाड हो भन्ने बुझ्नु जरुरी छ । यदि सार्वजनिक स्थानहरुमा क्वारेन्टाइन बनाउन नदिने हो भने भोलिका दिनमा रोगको संक्रमण नियन्त्रण बाहिर जानेकुरा निश्चित छ । भारत लगायत अन्य मुलुकबाट आएका नागरिकलाई कहाँ कसरी ब्यबस्थापन गर्ने ? यो गम्भीर विषय हो।
तथ्यांक अनुसार अहिलेकै अवस्थामा पनि सुदुरपश्चिम प्रदेशमा क्वारेन्टाइनको क्षमता भन्दा ४ हजार बढी नागरिक नेपाल भित्री सकेका छन् भने यो क्रम दिनानुदिन बढ्दैछ ।यसको उपयुक्त ब्यबस्थापन बेलैमा नगर्ने हो भने भोलिको दिन भयावह हुने निश्चित छ ।
पछिल्ला दिनहरूमा भारतीय सिमाना जोडिएका प्रदेश नं २, ५ लगायत स्थानीय तहले भारत बाट आएका नागरिकहरुलाई उचित ब्यबस्थापन गर्न नसक्दा अहिले स्थिति नियन्त्रण बाहिर पुगेको छ । उपयुक्त क्वारेन्टाइन तथा परिक्षणको अभावमा तिब्र रूपमा संक्रमितको संख्या थपिएपछी त्यहाँको अवस्था कहालीलाग्दो बनेको छ ।