☰ open Loading... 23 September 2020|   बुधबार, अशोज ७, २०७७

फौजी किराको आक्रमण, मकै बाली सखाप (फोटो फिचर)

बजारबाट समयमा औषधी उपचार नहुँदा

  |

यो पाला समयमै पानी परेको बर्ष हुदाँ किसान हर्षित थिए । समय भन्दा केहि समय अगावै मनसुनी वायू सक्रिय भएपछी किसानले मकै रोपेर गोडमेल गर्ने तयारी थालेको थिए । तर, एकाएक बर्षा रोकिएपछि खडेरीले मकै सुक्न थाले ।

मकैं सुकेको भन्ठानेर किसान आकाश हेरेरै बसेको थिए । तर, मकैबारीमा बिच बिचबाट मकै सुक्दै, ढल्दै जान थालेपछि किसान अचम्भित परे । किन यसो भएको हो रु भनेर किसान आफैले बिरुवाको जरा कोट्याउन थाले पछि हैरानमा परे । पहिला कहिल्यै नदेखेको किराले मकै काट्दै सुकाउदै थियो । त्यो किरा अरु कोहि नभएर अमेरिकन फौजि किरा थियो । जस्ले मकै बालिलाई नस्ट गरिरहेको थियो । उनीहरुले मकैंको उपचारका लागि बजारमा पुगेर औषधी छर्कन समेत समय पाएनन् ।

मकैं सुक्दै ढल्न थालेपछि आफुहरु के भयो भनेर दंग गरेको नारायण नगरपालिका ९ की किसान पद्मादेवी क्षेत्रीले बताउँछिन् । बारीमा मकैं खोतेलेर पुरै हेरेपछि किरा देखीएको र कृषि विकास कार्यालयमा खवर गरिएको क्षेत्रीको भनाई छ । अहिले किसानको काम दिनभरीनैै मकैको जरा कोट्याउने अनि किरा निकालेर मारेरै बस्ने भएको छ । यो महामारीको बेला कहिल्यै मकैंमा नदेखीएको रोग देखीएको नारायण नगरपालिका ९ बाँस्कोटकी किसान टिका रावलले बताईन् ।

बारिभरि लहलहाउदो मकै उम्री सकेपछि बचेखुसेको मकै पिनेर खाई सकिएको छ । तर दिनानुदिन बारिमा मकै सुक्दै ढल्न थालेपछि आफुहरुलाई फौजी किराले चिन्तित परेको किसान दिलबहादुर रावल बताउँछन् । ‘न मकै लगाउने बिउ छ न समयनै छ ।’ किसान दिलबहादुर रावल भन्छन्ः ‘बर्षे खेती सिमलेर दशै मनाउला भन्ने आशा समेत मरेको छ ।’

दैलेख जिल्लाभर १६ हजार एक सय ५० हेक्टर क्षेत्रफलमा लगार्ईएको मकै खेती गरिएकोमा करिव ४० प्रतिशत भुभागमा क्षती पुगेको छ । खासगरि भैरवी गाउपालिकाको सवै वडा, दुल्लु नपाको ११ नम्वर वाड, नारायण नगरपालिकाको ७,८,९ नम्वर वडा, भगवतीमाई गाँउपालिकाको वडा नम्वर ७, नौमुले गाँउपालिकाको वडा नम्वर ८ र डुगेश्वर गाँउपालिकाको ३ वटा वडाहरुमा फौजी किराको प्रकोप देखिएको छ ।

किराको आक्रमण नियन्त्रणको लािग कृषि विकास कार्यालय प्रमुखको संयोजकत्वमा कृर्षि अनुसन्धान केन्द्र वागवानी, स्थानिय तहका कृर्षि प्राबिधिक, किसान दृतिय प्ररियोजना सहित कृषि क्षेत्रमा कार्यरत संघ सस्थाहरु सम्मेलित समिति बनाएर नियन्त्रणको लागि प्रयास गरिएको छ । समितिसंग आकस्मिक वालि संरक्षण कोष नभएको कारणले नारायण नगरपालिका कृषि शाखा, किसान दृतिय परियोजनाको सहायतामा किसानको आवश्यकता अनुसार बिषाधी प्रयोगको लागि सिफारिस र प्रयोग समेत गरिएको छ ।

यसका साथै भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय, मन्त्रालय अन्तरगत एकिकृत कृषि प्रायेगशालालाई आवश्यक सहजिकरणको लागि अपिल समेत गरिएको छ । दैलेखका धेरै नगर तथा गाउँपालिकामा फौजी किराका कारण मकैं नष्ट भएको पाईएको र त्यसको रोकथामका लागि समिति बनाएर काम थालिएको जिल्ला कृर्षि विकास कार्यालय दैलेखका प्रमुख तिलक पाण्डेले बताए ।

के हो त फौजी किरा


मकै बालीमा लाग्ने पुतली वर्गको रात्रीचर किरा हो । यो किरा काउली बन्दामा लाग्ने सुर्तिको लार्भासंग धेरै मिल्दो जुल्दो हुन्छ । अमेरिकि महादेशको उष्ण तथा उपोष्ण क्षेत्रहरुको रैथाने मानिने यस किराको लार्भाले मकै लगायत ३ सय ५३ बिभिन्न प्रजातिका बिरुवाहरुमा नोक्सार्नी पु¥याउन सक्ने तथ्य जानकारीमा आएको छ । मूख्यतया मकै वालीमा मन पराने यस किराले मकै नर्पाका जुनेली, धान, गहूँ, कोदो उखु, वालीहरु काउली बद्राका तरकारी वालीहरु, नेल बालीहरु, काँकाक्रो लगायतका लहरे तरकारी, बदाम, भटमास, प्याज कपास गोडभेडा, आलु बालीहरुमा समेत क्षती पुराउन सक्छ ।

यो किरा आक्रामक तवरले छ्ट्टिै ठुलो क्षेत्रमा फैलन सक्ने मिचाहा प्रबृतिको हुन्छ । उपयुक्त आहारको खोजीमा अण्डा पार्नु अघि करिव ५ सय किलो मिटर टाढासम्म उड्न सक्ने भएकाले पनि निकै खतरनाक मानिन्छ । सन २०१५ मा अमेरिकाको केहि सिमित देशहरुमा मात्र पहिचान भएको यो किरा सन २०१६ सम्ममा आईपुग्दा अफ्रिकि देश नाईजेरियामा देखिएको थियो । हालसम्म यो किरा विश्वको ३० देशहरुमा देखा परिसकेको छ । त्यस्तै सन २०१८ मा भारतको कर्नटका राज्यमा देखा परेको थियो भने बि स २०७६ श्रावण सम्ममा नेपालमा पनि फौजि किराको आक्रमण भएको पुष्टि भएको थियो ।

लक्षण
लार्भा अवस्थाले मकैको पात, गुभो, धान जमरा,जुँगा,घोगा तथा डाँठमा समेत क्षति पु¥याउने गर्दछ । झुण्डमा पारिएको फलहरुबाट निस्कने बित्तिकै सानो लार्भाले शुरुमा वरिपरिको पातको वाहिरी सतहमा मात्र कोतरेर खान्छ । जस्ले गर्दा पात सिसाको भ्mयाल जस्तो बन्ने गर्दछ । यि पातहरुमा बनाएको लार्भा हावाको माध्यामबाट बिभिन्न पातहरुमा फैलने गर्दछ । लार्भाहरु परभक्षी जस्तै हुन्छन । यस किराले आक्रमण भएको स्थानमा काठको धुलो जस्तो बिष्टा पनि देखिन्छ । बिरुवाको भित्र र बाहिरबाट खाने भएकाले मकैको घोगा, धानजमरा,जँुगा लाग्न नदिने गर्दछ ।

जिवन चक्र
अन्य पुतली वर्गको किराहरु जस्तै यस किराको पनि जिवनचक्रमा ४ वटा चरणहरु अण्डा,लार्भा,प्यूपा र वयस्क हुन्छ । जुन पुरा गर्न २८ दिन देखि ४८ दिन सम्मको समय लाग्छ । अत्यन्त बर्षा भयो भने यसलाई अत्यन्त प्रतिकुल हुने भएकाले अन्य बिरुवामा फैलन कम हुन्छ । नयाँ ठाँउमा नयाँ पुस्ता हुदा उष्ण हावापानी भएको क्षेत्रमा बर्षमा ४ देखि ६ पुस्ता सम्म र चिसो मौषम हुने ँक्ष्ेत्रमा २ पुस्ता सम्म बाँच्ने गरेका पाईएको छ।

प्रकाशित मितिः आइतवार, जेष्ठ १८, २०७७     2:02:05 PM
error: Content is protected !!