☰ open Loading... 2 May 2024|  

दैलेखमा भारतबाट आएका क्वारेन्टिनबाटै भागे
  | १९ जेष्ठ २०७७, सोमबार २०:२६


१९ जेठ,- दैलेख सदरमुकामस्थित एक क्वारेन्टिनमा रहेका नागरिकहरु भागेका छन् ।सदरमुकाम नजिकै रहेको नारायण क्याम्पसमा राखिएका नागरिकहरु सोमबार भागेका हुन्। १०५ जनाको क्षमता भएको क्याम्पसमा भारतबाट आएका २१९ जनालाई राखिएको थियो । कोरोना संक्रमितलाई पनि दुई दिनदेखि सँगै राखेपछि उनीहरु भागेका हुन् ।
दुई दिनअघि पुष्टि भएका १७ जनासमेत क्वारेन्टिनमा रहेका छन् । क्वारेन्टिनमै रहेका अन्यमा पनि सोमबार कोरोना पुष्टि भएको छ । योसँगै क्वारेन्टाइनमा रहेका संक्रमितको संख्या मात्रै ३४ पुगेको छ।

यता प्रहरीले भने भाग्न खोज्नेलाई पुन: क्वारेन्टिनमै राखिएको बताएको छ ।दैलेखमा मजदुरीको लागि भारत गएका नागरिकहरु ठूलो संख्यामा भित्रिएका छन् । हाल नारायण नगरपालिकामा मात्रै १४ सय बढी नागरिक रहेका छन् । भारतबाट आउने क्रम नरोकिएकोले व्यवस्थापनमा कठिनाइ भएको मेयर रत्नबहादुर खड्काको भनाइ छ।@अनलाइन खबर