☰ open Loading... 26 November 2024|  

दैलेखमा एकैदिन११३ जनामा कोरोना संक्रमण ,कर्णालीमा संक्रमितको संख्या ३८९ पुग्यो
  | २२ जेष्ठ २०७७, बिहीबार १७:५८

 

जेष्ठ २२,दैलेख – दैलेखमा एकै पटक एक सय १३ जनामा कोरोना संक्रमित भेटिएका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा बिहीबार गरिएको पीसीआर परीक्षणमा दैलेखका एक सय ५ र प्रदेश अस्पताल सुर्खेतमा ८ जना गरी दैलेखमा एकै दिन एक सय १३ जना कोरोनाका बिरामी भेटिएका छन्। मुगुका १जना सहित एक सय ६ जनामा कोरोना पोजिटिभ भएको जुम्लाले जनाएको छ । सुर्खेतको प्रदेश अस्पताल र पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतबाट गरिएको परिक्षणमा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

दैलेखको नारायण नगरपालिकामा ६९ जना, देवलकाँडामा १२ जना, सोतमा ९ जना, मानटाकुरामा ७ जना, साडुमा २ जना, भवानीमा ५ जना र बासकोटमा १ जना गरी एक सय ५ जनामा संक्रमण देखिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ । कर्णाली प्रदेशमा ११४ जनासहित यस अघिका २७८ जना गरी कर्णालीमा ३८९ जनामा कोरोना संक्रमण पुष्टि भएको हाे।

प्रदेश अस्पताल सुर्खेत र पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतबाट निकालिएको रिपोर्ट अनुसार ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सुर्खेतमा कोरोना देखिएका नारायण नगरपालिकामा ३ जना, नौमुले गाउँपालिकामा ५ जना गरी ८ जनामा कोरोना संक्रमण देखिएको छ ।जुम्लामा विहीबार पोजेटिभ देखिएका दैलेखको नारायण नगरपालिकामा ६९,देवलकाँडामा १२ ,सोतमा ९, मानटाकुरामा ७,साडुमा २, भवानीमा ५ र बासकोटमा १ जना गरी एक सय ५ जनामा संक्रमण देखिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ।