☰ open Loading... 1 May 2024|  

दैलेखमा साँझ ६बजे देखि निषेधाज्ञा जारी
  | २३ जेष्ठ २०७७, शुक्रबार १७:२०

दैलेख । जिल्ला प्रसासन कार्यालय दैलेखले जिल्लाका दुई स्थानिय तहमा निषधाज्ञा जारी गरेका छ ।शुक्रबार साँझ ६ बजे देखि लागु हुने गरि निषेधाज्ञा जारी गरेको हाे ।
अत्यावश्यक सेवा वाहेक अन्य सबै सेवा स्थलहरु आजदेखि अर्को आदेश नभएसम्मका लागि प्रशासनले जिल्लाको नारायण नगरपालिकाको पूर्वमा लोहोरे खोला, पश्चिममा छामगाढ भीरखेत, उत्तरमा छान्ना र दक्षिणमा चुप्रा बजार भित्र तथा दुल्लु नगरपालिकाको पूर्वमा माथिल्लो डुंगेश्वर चुप्रा शिरस्थान, पश्चिममा पादुकाखोला कर्णाली राजमार्ग, उत्तरमा भैरवी गाउँपालिका र दक्षिणमा तल्लो डुङ्गेश्वर भित्र नगर्न–नगराउन हुन निषेधाज्ञा जारी गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय जारी गरेको विज्ञप्तीमा यो आदेशको उल्लंघन गर्ने व्यक्तिलाई कानून बमोजिम कारवाही गरिने व्यहोरासमेत गरिने र साथै, यो आदेशको उल्लंघन गर्ने व्यक्तिलाई कानून बमोजिम कारवाही गरिने प्रसासनले विज्ञप्तीमा लेखेको छ।

उक्त विज्ञप्तीमा , काेराेना संक्रमणबाट जोगिन भेटघाट, जमघट र भीडभाड नगर्न–नगराउन जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ। विज्ञप्तीमा दैलेखमा कोरोना संक्रमण संख्या बढदै गएको र एक जनाको मृत्यु भइसकेको अवस्थामा सजगता अपनाउन, संक्रमणको विस्तारलाई रोक्न तथा सचेतनामूलक र प्रवृद्धनात्मक कार्यहरु गर्न जरुरी रहेको  विज्ञप्तीमाा बतााएको  छ ।