☰ open Loading... 29 September 2025|  

स्वास्थ्य सामाग्री वितरण
  | २३ जेष्ठ २०७७, शुक्रबार १८:०७

यामराज बिष्ट दैलेख :  भारतका विभिन्न ठाउँ बाट उद्घार गरि दैलेखको नारायण क्याम्पसमा निर्माण गरिएको क्वारेनटाइनमा बसेका नागरिकलाई स्वास्थ्य सामाग्री वितरण गरिएको छ । उद्योग वाणिज्य संघका दैलेखका अध्यक्ष कुल बहादुर विकले व्यक्तिगत लगानीमा क्वारेनटाइनमा बसेकालाई सहयोग गरेका छन् ।
जिल्ला प्रशासन कार्यालय दैलेख संग समन्वय गरि क्वारेनटाइन बसेकाका लाई स्वास्थ सामाग्री बितरण गरिएको हाे ।क्वारेन्टाइनमा बसेका नागरिकले आफूहरूलाई स्वास्थ्य सामाग्रीको अभाव रहेको गुनासोहरू गरेपछि व्यक्तिगत लगानीमा स्वास्थ्य सामाग्री खरिद गरेर वितरण गरेको अध्यक्ष विकले जानकारी दिए। अध्यक्ष कुल बहादुर बिकले नारायण क्याम्पसमा रहेका ५६ जनालाई साबुन, टुथप्रेस, भाडाँधुने साबुन लगायतका सामग्री वितरण गरेका जानकारी दिए ।