☰ open Loading... 27 November 2024|  

दैलेखमा काेराेना संक्रमितलाई याेगा
  | २६ जेष्ठ २०७७, सोमबार ११:११

दैलेख जेठ २६ – दैलेखको दुल्लू नगरपालिकामा काेराेना संक्रमित व्यक्तिलाइ याेगा सुरू गरिएकाे छ। द्राेणाचल क्याम्पसमा राखिएका उनिहरूलाई दुल्लू नगरपालिका र दुल्लू आयुर्वेद औषधालयद्वारा मनाेसामाजिक परामर्श सहितकाे याेगा सुरू गरिएकाे हाे ।

नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत ज्ञानमणि नेपालकाे पहलमा औषधालयका प्रमुख जनक थापाले याेगा गराएका हुन । याेगामा ३० जना काेराेना संक्रमित रहेका छन् ।
संक्रमितलाई नगरपालिकाले गुर्जाे, बेसार, अदुवा लगायतका जडिबुटि दैनिक रूपमा सेवन गराई रहेकाे छ । उनिहरूलाई आयुर्वेदिक औषधीले केही हदसम्म उपचार हुन सक्ने भन्दै जडिबुटी सेवन गराइएकाे हाे ।

बिरामीलाई स्वास्थ्य राख्न र मानसिक तनावबाट कमी गराउन  दैनिक रूपमा याेगा गरार्इ काेराेना भाईरस नियन्त्रणमा सहज हुने  प्रमुख प्रसाशकिय अधिकृत नेपालकाे भनाई छ ।मानिसलाई स्वास्थ्य राख्न तथा जडिबुटी र याेगाले राेगसंग लड्ने क्षमतामा बृदि गर्ने भएकाले आयुर्बेदिक औषधि र याेगाकाे प्रयाेग गर्न थालिएकाे नगर प्रमुख घनश्याम भण्डारीले बताए ।