दैैलेख, २६ जेठ -दैलेखमा एक २५ वर्षीया महिलाले कोरोना जितेकी छन्। जिल्ला अस्पताल दैलेखको आइसोलेसनमा उपचार गराई रहेकी डुंगेश्वर गाउँपालिका १ चुप्राकी महिलाले कोरोना जितेकी हुन्।
स्वास्थ्य सेवा कार्यालय दैलेखका प्रमुख डा. निरञ्जन पन्तकाअनुसार जेठ ८ गते भारतबाट आएका उनिहरुका श्रीमान श्रीमति र एक छोरामा ११ गते गरिएको स्वाब परिक्षणमा श्रीमान श्रीमतिमा कोरोना पोजेटिभ देखिए पछि आइसोलेसनमा राखेर उपचार गरिदै आइएको थियो।
आइसोलेसनमा राखेर उपचार गरेको १६ दिन पछि श्रीमतीलाई कोरोना नेगेटिभ देखिएको र श्रीमानमा पोजेटिभ देखिएकाले उपचार भैरहेको छ। कोरोना नेगेटिभ देखिएकी महिलालाई सोमबार घर पठाइएको डा -पन्तले जानकारी दिनुभयो ।
आमा बुवा दुबैमा कोरोना पुष्टि भएको भए पनि बालकमा कोरोना संक्रमण देखिएको थिएन। १५ महिने वालक आमाको साथमै थिए। ११ वटा स्थानियतह रहेको दैलेखमा ९ स्थानियतहमा ३ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
दैैलेख, २६ जेठ -दैलेखमा एक २५ वर्षीया महिलाले कोरोना जितेकी छन्। जिल्ला अस्पताल दैलेखको आइसोलेसनमा उपचार गराई रहेकी डुंगेश्वर गाउँपालिका १ चुप्राकी महिलाले कोरोना जितेकी हुन्।
स्वास्थ्य सेवा कार्यालय दैलेखका प्रमुख डा. निरञ्जन पन्तकाअनुसार जेठ ८ गते भारतबाट आएका उनिहरुका श्रीमान श्रीमति र एक छोरामा ११ गते गरिएको स्वाब परिक्षणमा श्रीमान श्रीमतिमा कोरोना पोजेटिभ देखिए पछि आइसोलेसनमा राखेर उपचार गरिदै आइएको थियो।
आइसोलेसनमा राखेर उपचार गरेको १६ दिन पछि श्रीमतीलाई कोरोना नेगेटिभ देखिएको र श्रीमानमा पोजेटिभ देखिएकाले उपचार भैरहेको छ। कोरोना नेगेटिभ देखिएकी महिलालाई सोमबार घर पठाइएको डा -पन्तले जानकारी दिनुभयो ।
आमा बुवा दुबैमा कोरोना पुष्टि भएको भए पनि बालकमा कोरोना संक्रमण देखिएको थिएन। १५ महिने वालक आमाको साथमै थिए। ११ वटा स्थाानीय तह मध्ये दैलेखमा ९ स्थानियतहमा ३ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।