☰ open Loading... 16 September 2025|  

कर्णाली प्रदेशमा काेराेना संक्रमितको संख्या १३०७पुग्यो
  | ९ असार २०७७, मंगलवार १६:०४

दैलेख – कर्णाली प्रदेशमा सोमबार थप २५ जनामा
कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश अस्पताल पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परिक्षणमा सुर्खेत पञ्चपुरीनगरपालिकाका४ जना जसमा १८ महिनाकी बालिका समेतलाई कोरोना पुष्टि भएको छ।चिङ्गाड गाउँपालिकाका १ जना रहेका छन्। 

यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा दैलेख नारायण नगरपालिकाका १८ जना, नौमुले गाउँपालिकाका १ जना र कालिकोट राष्कोट नगरपालिकाका १ जनामा कोरोना भाइरस पुष्टि भएको सामाजिक विकास मन्त्रालयले स्वास्थ्य सेवा महाशाखाका प्रमुख डाक्टर लक्ष्मी नारायण तिवारीले बताउनुभयो ।
मंगलबारसम्म कर्णालीमा संक्रमितको संख्या १३०७ जना पुगेको छ । सोमबारसम्म कर्णाली प्रदेशमा कोभिड–१९ संक्रमण निको भई डिस्चार्ज हुनेको संख्या ५६० पुगेको छ । कर्णालीमा संक्रमित पुष्टि मध्ये मृत्यु हुनेको संख्या ५ पुगेको छ । भारतबाट दिनप्रतिदिन कर्णालीमा आउने नागरिकको संख्या बढेसंगै संक्रमितको संख्या निरन्तर बढ्दै गएको छ ।