☰ open Loading... 17 May 2024|  

दैलेखमा पहिरोले विद्यालयको दुई कोठे भवन पुरियो
  | २० असार २०७७, शनिबार २०:२२

दैलेख, २० असार – दैलेखको महाँवु गाउँपालिका वडा नं ५ मा रहेको एक विद्यालयमा निर्माण गरिएको दुई कोठे भवन पहिरोले परिदिएको छ । विद्यालय माथिबाट पहिरो आएपछि श्री सरस्वती प्राथमिक विद्यालय काशिकाँध–६ साजु डाँडाखर्कमा निर्माण गरिएको २ कोठे पक्की भवन निर्माण पुरा गरेको एक हप्ता नपुग्दै पुरिएको हो । करिब १६ लाखमा निर्माण भएको उक्त भवन निर्माण सम्पन्न भएको केही दिनमै पहिरोले पुरेपछि विद्यालयको भवन जोखिममा छ ।

भौगोलिक अवस्थालाई नहेरी विद्यालयको भवन पहिरो जाने स्थानमा बनाएको कारण भवन माथिबाट पहिरो आएर भवन पुरिएको र भवन निर्माण गर्दा घाटा लागेको कारण काम गर्ने कामदारलाई ज्याला घटाएर दिन खोजिएको स्थानीयले आरोप लगाएका छन् । उक्त भवनको उपभोक्ता समिति एउटा छ, विद्यालयमा काम भने दोस्रो व्यक्तिले गराएका छन् । उनका अनुसार यस विद्यालयको दुई कोठे पक्की भवन निर्माणको रकम गाउँपालिका बाट फरफार भइसकेको र विद्यालयमा पहिरोले क्षति पु¥याएको कारण समस्या परेको छ ।



विकासको पहिलो खुड्किला सडक नै भए पनि ग्रामीण स्तरमा खनिएका कतिपय सडक तथा विकास निर्माणका कामहरू भौगोलिकतालाई ध्यान नदिई बनाइँदा आम नागरिकहरू जोखिम मोल्न बाध्य छन् । ग्रामीण स्तरमा बनेका सडक होस वा कुनै पनि भवन तथा विकासे गतिविधिहरू मापदण्ड नहेरी हचुवाको भरमा निर्माण गर्दा कतै पहिरोको जोखिम हुने गरेको छ भने गाउँ बस्तीमा खनिने अधिकांश सडकहरू मनोमानी खनिँदा डोजर चालक नै इन्जिनियर हुने गरेका छन् ।


गाउँमा निर्माण गरिएका विकासे आयोजना हतारमा काम सक्नुपर्ने बाध्यताले काम गुणस्तर नहेरी निर्माण गरिछन । आर्थिक बर्ष सुरु हुँदा बजेट पारित भए पनि आर्थिक वर्षको अन्त्यमा विकास निर्माणका कामहरू गर्ने प्रवृत्तिले सधैँका बर्ष जस्तै यस बर्ष पनि कतिपय गाउँ बस्तीहरू पहिरोको जोखिम रहेको देखिन्छ गएको हप्ता लगातार परेको पानीले भगवतीमाई गाउँपालिका वडा नं ३ सान्तडा लगायतका अन्य धेरै ठाउँका किसानहरूले रोपेका खेतहरू बगरमा परिणत भएका छन् ।

किसानले रोपेका खेत र रोप्न ठिक्क पारेको बिउ कच्ची सडकका कारण खेतहरू पुरिएर बगर बनेका हुन । वर्ष भरी खानको लागि लगाउने गरेको धान सडकका कारण बगर भइदिँदा स्थानीय किसानलाई समस्या परेको भगवतीमाई गाउँपालिका वडा नं ३ का अध्यक्ष दान बहादुर खड्काले बताए ।

डोजर प्रयोग गरेर निर्माण गरिएका सडकहरू पानी पर्नसाथ भत्किने र सामान्य बाट जटिल पहिरोको रूप लिने गरेको स्थानीयले बताउने गरेका छन् । भगवतीमाई गाउँपालिका अन्य ठाउँमा सामान्य क्षेती भए पनि वडा नं. ३ को सान्तडा, कइन्तडा, भगवतीमाई गाउँपालिका वडा ५ मलुकाका नरु शाहीको १० कट्ठा मकै र उनको घर समेत क्षेती भएको इलाका प्रहरी चौकी बेस्तडाका ९असई० जितबहादुर खड्काले बताएका छन् ।