| २३ असार २०७७, मंगलवार १९:१३
दैलेख -कर्णाली प्रदेशमा सबभन्दा धेरै कोरोना संक्रमण फैलिएको दैलेख जिल्लामा पछिल्लो समय पीसीआर परीक्षणको दायरा बढाइएको छ । नारायण नगरपालिका आफैँले पीसीआर मेसिन खरिद गरी सञ्चालनमा ल्याएको छ ।
एक पटकमा ९६ स्वाब परीक्षण गर्न मिल्ने उक्त मेसिनमा २४ घण्टामा दुई पटक परीक्षण गर्न मिल्ने कोरोना फोकल पर्सन थिर प्रसाद रेग्मीले बताए । ‘एक लटमा ९६ वटा स्वाब परीक्षण गर्न सक्ने क्षमता छ, मेसिन दुई सिफ्टमा सञ्चालन गर्न सकिन्छ,’ रेग्मीले भने, ‘दिनमा दुई लट परीक्षण गर्न मिल्ने भएकाले १९६ वटासम्म परीक्षण हुन्छ।