☰ open Loading... 26 April 2024|  

सुर्खेतमा ३ वटा उद्योग गैरकानुनी संचालन
  | २४ असार २०७७, बुधबार ०८:३३

असार२४-सुर्खेतको लेकबेशी नगरपालिकामा रहेका तिनवटा क्रेसर उधोगहरु लामो समयदेखि गैरकानुनी रुपमा संञ्चालन भएको पाइएकाे छ।जिल्ला समन्वय समितिका प्रमुख छविलाल सिग्देलसहित नगर प्रमुख, जिल्ला समन्वय अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी, प्रहरी नायव उपरीक्षक र सशस्त्र प्रहरी नायव उपरीक्षकको टोलीले निरक्षण गर्दा तिनवटा उधोगहरु गैरकानुनी रुपमा सञ्चालनमा रहेको पाईएको हो।लेकवेशी नगरपालिका वडान ९ मा रहेको लेकवेशी वालुवा प्रशोधन उद्योग, वडा नं. ८ मा रहेको राजेन्द्र श्याम एण्ड कन्स्ट्रक्सन प्रालि र वडा १ मा संचालित भेरी एग्रीग्रेड एण्ड स्याण्ड रिफाइनरी उद्धोग अनुमति विना संञ्चालनमा रहेका छन।
अवैद्ध रुपमा संञ्चालनमा आएका उद्योगहरुले खोलामा भएका ठुला ढुङ्गाहरु जथाभाविरुपमा संकलन गरेकाले बाढीको प्रकोप बढेको स्थानियको भनाइ छ। अहिले एस्काभेटरको प्रयोगबाट त्यसक्षेत्रमा रहेका खोलाबाट ढुङ्गा निकाल्ने काम भइरहेकाले बाढिको जोखिम रहेको छ।
लेकवेशी नगरपालिकाका प्रमुख गगनसिंह सुनारले संञ्चालनमा रहेका उधोगहरुले नगरपालिकासंग कुनैपनि सम्पर्क नगरेर संञ्चालन गरिरहेको भन्दै उद्योगहरु आफुखुशि संञ्चालनमा गरेको बताउनुभयो।
उद्योग स्थापना गर्दा तोकिएको स्थानमा मात्र राख्नु पर्ने,यसबाट जल प्रदुषण,ध्वनी प्रदुषण, र जनस्वास्थ्यमा प्रत्यक्ष असर पर्ने कार्य गर्न नपाइने स्पष्ट कानूनी प्रावधान छ।तर उद्योग संञ्चालकहरुले कानुनि नियमको उल्लघन गर्दै उद्योगहरु संञ्चालन गरेका छन।वन पैदावारमा आधारित कुनै पनि उद्योगहरु वन क्षेत्रको दुई किलोमिटर भन्दा टाढा राख्नुपर्ने स्पष्ट नीतिगत व्यवस्थाहुदाँ हुदै पनि निति नियमको धज्जी उडाउदै उद्योगहरु संञ्चालनमा रहेका छन।यता जिल्ला समन्वय समिति सुर्खेतका प्रमुख छविलाल सिग्देलले संञ्चालनमा रहेको सबै उधोगहरु गैरकानुनी रुपमा संञ्चालनमा रहेका बताउनुभयो।
उहाँले आफुहरुले निरक्षणमा जादाँ तिनवटै उधोगहरु विधि र प्रकृया विपरीत संञ्चालनमा रहेको पार्इएको भन्दै सबै भन्दा धेरै खहरे खोलामा रहेको क्रसर उद्योगले क्षेतिपुर्याएको बताउनुभयो।उहाँले अबैद्ध रुपमा संञ्चालन भएका उद्योगहरुले खोलानालमा धेरै क्षेति पुर्याएको भन्दै उनिहरुलाइ कारवाहीको दायरामा ल्याईने उल्लेख गर्नुभयो।
यता घरेलु तथा साना उद्योग कार्यालय सुर्खेतमा अहिले सम्म दुईवटा मात्र उद्योगहरु दर्ता भएको पठाएकाे छ।
कार्यालयका सुचना अधिकारी रिता कुमारी कँडेलले दर्ता भएका दुइ मध्ये वीरेन्द्रनगर रहेको त्रिशक्ती क्रसर उद्योग संञ्चालनमा छ भने भेरीगंगामा रहेको देउती क्रसर उद्योग बन्द रहेको छ।उहाँले संञ्चालनमा आएका उद्योगहरु पनि मापदण्ड पुग्न नसकेको जिकिर गर्नुभयो।