☰ open Loading... 26 April 2024|  

दैलेखमा प्रधानमन्त्री केपी शर्मावलीकाे पक्षमा प्रदर्शन
  | २४ असार २०७७, बुधबार २०:२९

दैलेख -बुधबार दैलेख लगायत विभिन्न ठाउँमा प्रधानमन्त्री केपीशर्मा ओलीको पक्षमा प्रदर्शन भएका छन्।प्रधानमन्त्री केपी शर्मा ओलीको फोटोसहित ‘फेर्नु छ चाँडो देशको मुहार हाम्रो भविष्य हाम्रो सरोकार’ लेखिएका ब्यानर बोकेर सामाजिक दुरी कायम गरि दैलेख सदरमुकाममा प्रधानमन्त्री ओलीको समर्थनमा प्रदर्शन गरिएको हो।

सदरमुकाममा ओलीलाई नै प्रधानमन्त्रीमा निरन्तरता दिनुपर्ने, पाटी एकता छाेडिन, लिम्पियाधुरा छाेडिन,भारतीय दलाल बाट होसियारलगायत नारा लगाएर ओली समर्थन युवायुवतीहरुले प्रदर्शन गरेका हुन्।