☰ open Loading... 2 May 2024|  

माक्स नलगाई हिड्ने ६७ जना कारबाहीमा, प्रत्येकले तिरे एकसय रुपैयाँ जरिवाना
  | २८ असार २०७७, आईतवार १३:५१

२८ असार, सल्यान :सल्यान प्रहरीले माक्स नलगाएर हिड्नेलाई कारबाही शुरु गरेको छ । कोरोना भाइरस कोभिड- १९ को जोखिम र संक्रमण बढ्दै गएको अबस्थामा रोकथाम र नियन्त्रणमा सहयोग पुर्याउनु अनिवार्य माक्स लगाउनु पर्ने ब्यबस्था ल्याईएको र माक्स नलगाउनेलाई कारबाही गरिने जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।
आबश्यक साबधानी अपनाउदैँ यसको रोकथाम र नियन्त्रणमा सहयोग पुर्याउनु अनिवार्य रुपमा माक्स लगाउनुपर्ने ब्यबस्था गरिएपनि मास्क नलगाएर हिड्नेलाई कारबाही गर्न थालिएको सल्यानका प्रहरी प्रमुख डिएसपी ढकेन्द्र खतिवडाले बताएका छन।

यसैक्रममा शनिबार सल्यानमा माक्स नलगाउने ६७ जनालाई कारबाही गरिएको छ । जिल्लाको श्रीनगर, थारमारे, लुहाम र कपुरकोट क्षेत्रमा गरेर मास्क नलगाउने ६७ जनालाई कारबाही गरिएको प्रहरी प्रमुख खतिवडाले जानकारी दिए । मास्क नलगाउनेलाई कारबाही स्वरुप एक सयका दरले जरिवाना गरिएको उनको भनाई छ ।

जसमा श्रीनगरमा ३४ जना, थारमारेमा १२ जना, लुहाममा १६ जना र कपुरकोटमा ४ जना कारबाहीमा परेका छन् । मास्क नलगाउनेहरुबाट ६ हजार ७ सय रुपैयाँ राजश्व संकलन समेत भएको छ । अति आबश्यकीय काम पर्दा बाहेक घर बाहिर ननिस्कन र यदी कसैलाई घर बाहिर निस्कनै परेमा अनिवार्य रुपमा माक्स लगाउन प्रहरिले आग्रह गरेको छ।