☰ open Loading... 5 June 2025|  

भेरी अस्पताल परिसर भित्र चर्को शुल्क असुली
  | २८ असार २०७७, आईतवार १६:१६

 

नवराज सुवेदी नेपालगंज-बाँकेको नेपालगंजमा रेहेको भेरी अस्पतालमा मनोमानी रुपमा बिरामी कुर्न र भेट्न आउने सर्ब साधारणहरुलाई पार्किङकाे चर्को शुल्क लिने गरेको पाएकाे छ। सरकारी अस्पताल परिसर भित्र पार्किङ्गको शुल्क असुल्ने गरेका कारण सर्बसाधारणहरु मर्कामा छन् । केही बर्ष अगाडि स्थानीयबाट बिरोध हुदाँ बन्द भएको थियो।तर पुन संचालनमा आउदा सर्बसाधरण मर्कामा परेका हुन । 


यसलाई बन्द गर्न प्रयासरत रहेको अस्पतालका निर्देशक डक्टर प्रकाश थापाले जानकारी दिए ।सरकारले संचालन गरेकोअस्पतालमा यसरी बाहिरका ब्यक्तिलाई ठेक्कामा दिई पार्किङमा चर्को सुल्क लिदा यसको बारेमा स्थानिय निकायको चाँसो देखाएको छैन।

उक्त कुरामा चाँसो नदेखिदा कतै स्थानिय सरकार र अस्पताल प्रशासनको मिलेमतो हुन सक्ने प्रश्न उठेको छ । सरकारी मान्यता अनुसार ठेक्का दिने मान्यता छ भने न्युनतम शुल्क लिनुु पर्ने सर्बसाधारणको गुनासो रहेको छ। उता अस्पताल मेडिकलका सुपरीटेन्डेन्ट डक्टर प्रकाश थापा सँग कुराकानी गर्दा साउन १ गते देखि पार्किङको शुल्क बन्द गराईने जानकारी दिए।