| २९ असार २०७७, सोमबार ०८:१७
दैलेख – जिल्ला प्रहरी कार्यालय दैलेखले बाटोमा हिड्ने बटुवालाई मास्क बितरण गरेको छ । माक्स नभएका र माक्स नलगाएका बाटोमा हिड्ने बटुवालाई माक्स बितरण अभियान संचालन गरेको हो।
कोरोनाको रेड जोन बन्दै गएको दैलेख जिल्लामा प्रहरी पनि अछुतो हुन सकेन । दिनहु जसो भिडभाड ब्यवस्थापन र प्रदेशबाट आएकाहरुलाई क्वारेटिनमा राख्न रफाड लाईनमा देखिएको दैलेख प्रहरी र्कतव्य पालनाकै क्रममा १४ जना भन्दा बढि प्रहरी कोरोना संक्रमित भएका छन् ।
कोरोना रोकथाम जनचेतना मुलक गतिबिधि गर्दै आएको दैलेख प्रहरीले क्वारेटिनमा रहेकाहरुलाई बिभिन्न नाचगान सहितको मनोरञ्जन प्रदान गर्नुका साथै सचेतना मुलक रेडियो बहस कार्यक्रम गरेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख हरी बहादुर वलीले बताए । जनताको सेवाको लागी प्रहरी रातदिन खटिएको र दुखको बेला प्रहरी जनता संग भएको प्रमुख वलीको भनाई छ ।