☰ open Loading... 27 November 2024|  

मागकाे सुनुवाइ भएन भन्दै व्यवसायीहरुले दिए मुख्यमन्त्रीलाई मागपत्र
  | २९ असार २०७७, सोमबार १९:०४

सुर्खेत -आफ्ना मागको सुनुवाई नभएको भन्दै आन्दोलनमा उत्रेका सुर्खेतका व्यवसायीहरुले कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई माग पत्र बुझाएका छन ।उनीहरुले २७ बुँदे मागपत्र सहित साङ्केतिक साँचो पनि बुझाएको बताएका छन । आज बजार बन्द गरेर आन्दोलनमा उत्रिएका व्यवसायीले ठाउँ ठाउँमा बैंकिङ कारोबार बहिष्कार गरिएको ब्यानर समेत टाँसेका छन् ।
संयुक्त संघर्ष समिति नै गठन गरेर आन्दोलनमा उत्रिएका व्यवसायीले बन्दाबन्दी खुलेको एक हप्तामै बैंकको ब्याज तिर्न नसक्ने भएकाले आन्दोलनमा गर्न बाध्य भएको दाबी गरेका छन ।सरकारले व्यवसायीलाई राहत उपलब्ध गराउनुको सट्टा कर तथा ब्याज तिर्न भनेको उनीहरुको गुनासो छ ।
सरकारले राहत उपलब्ध नगराए थप चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने व्यवसायीले चेतावनी दिएका छन् ।बीरेन्द्रनगरमा भएको विरोध सभामा नेपाल उद्योग बाणिज्य महासंघ कर्णाली प्रदेशका अध्यक्ष पदमबहादुर शाहीले बन्दाबन्दीले थला परेका व्यवसायीहरुलाई बैंकबाट व्याज तिर्न दवाव आएको बताउनु भयो । उहाँले व्यवसायीले व्याज तिर्ने भन्दै यसलाई यसकालागि केहि समय पर्खनु पर्ने बताउनु भयो ।