| ३० असार २०७७, मंगलवार ०८:०७
काठमाडौं । नेपालमा कोरोना सङक्रमणमुक्त हुनेको संख्या १० हजार नाघेको छ । पछिल्लो २४ घण्टामा एक हजार सात सय पाँच जना संक्रमित निको भएर घर फर्किएसँगै निको हुनेको संख्या १० हजार दुइ सय ९४ पुगेको हो ।
गत २४ घण्टामा थप एक सय ४४ जनामा कोरोना भाइरसको सङक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार नौ सय ४५ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्ममा पाँच जिल्ला कोरोनामुक्त भएका छन्।
धनकुटा, भोजपुर, हुम्ला, मुस्ताङ र मनाङ कोरोनामुक्त भएका हुन् । हालसम्म कोरोना भाइरसका कारण प्रदेश दुइमा चार, बागमती प्रदेशमा नौ, गण्डकी प्रदेशमा पाँच, प्रदेश पाँचमा १०, कर्णाली प्रदेशमा चार र सुदुरपश्चिम प्रदेशमा पाँच जनाको मृत्यु भएको छ ।