राज शाही हुम्ला- गर्भवती महिलालाई नेपाली सेनाको हेलीकप्टरबाट उद्धार गरिएको छ । नयाँ भैरवी दल गुल्मका गुल्मपति विक्रम थापाको समन्वय र प्रमुख जिल्ला अधिकारी चिरन्जिवी गिरीको पहलमा आज उद्धार गरिएको हो ।उद्धार गरिएकी महिलामा नाम्खा गाउँ पालिका वडा नं ६ हल्जी गाउँकी सोनाम लामु तामाङ रहेकी छन् । ३ दिन देखि अत्याधीक रक्तश्राव भए पछि आज नेपाली सेनाको हेलीकप्टरबाट कर्णाली प्रदेशको राजधानी सुर्खेतमा उद्धार गरिएको नेपाली सेनाका गुल्मपति मेजर विक्रम थापाले बताउनु भयो ।
उद्धार लागी मेजर थापा आफै सम्बन्धित स्थलमा पुग्नु भएको थियो भने गर्भवति महिला र विरामी कुरुवा निजका श्रीमानलाई पनि सुर्खेत पठाइएको छ ।३ दिन अघि सोही वडाका वडा अध्यक्ष पाल्जोर तामाङले उद्धारका लागी जिल्ला प्रशासन कार्यालय हुम्लामा निवेदन दर्ता गराएका थिए ।
हेलिकोप्टर उद्धारका लागि लाग्ने खर्चको ब्यबस्थाका लागि महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको राष्ट्रपति महिला उद्धान कार्यक्रमबाट लागत ब्यहोर्नका लागि जिल्ला प्रशासन कार्यालयले लेखी पठाएको छ ।
हिमाल पारीको जिल्ला भनि चिनिने लिमी गाउँ हुम्ला जिल्लाको सदरमुकामबाट करिव ६ दिनको पैदल दुरीमा रहेको उक्त वडाकी महिलाको उद्धार गरीएको हो।