| ३ श्रावण २०७७, शनिबार ०७:३८
दैलेख-कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचाररत दैलेखका २ जना कोरोना जितेर घर फर्किएका छन् । लायन्स क्लव अफ दैलेखका अध्यक्ष खम बहादुर थापा र नारायण नगरपालिकाका एक जना जनप्रतिनिधी कोरोना जितेर घर फर्किएका हुन् ।
कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उनीहरूको पुनः कोरोना परिक्षण गर्दा पि.सि.आर. रिपार्ट नेगेटिभ देखिएकोले डिस्चार्ज गरिएको अस्पतालका डिउटि इन्चार्ज चन्द्रेश कुमार सिंहले जानकारी दिए ।