नवराज सुवेदी नेपालगन्ज – बाँकेमा आज इस्टु संगठनले आयोजना गरेको कार्यक्रममा, प्याब्सन र एनप्याब्सनले संयुक्त रुपमा विज्ञप्ति निकालेको छ।संस्थाले जारी गरिएको विज्ञप्तिमा साउन १ गते देखि बेतलबी बस्नुपर्ने बाध्यता बनाएको र भावनात्मक सम्बन्धमा ठेस पुर्याएको विरुद्धमा इस्टुले घोर बिरोध गरेको हाे।
साउन ५ गते प्याब्सन र एन प्याब्सनलाइ ज्ञापनपत्र निकाल्दै तालाबन्दी गर्ने निर्णय बााँके इस्टुका अध्यक्ष गम बहादुर डागरले बताए ।साउन ६ गते नेपालगन्जको वि.पि. चोकमा कोणसभा गर्ने र ८ गते जिल्ला शिक्षा समन्वय समितिमा ज्ञापनपत्र बुझाउने तयारी गरेको छ ।
इस्टुका केन्द्रीय सदस्य वामदेव ओलीले कार्यक्रममा बाेल्दै विद्यालयलाई बेतलबी शब्द तत्काल हटाउनु पर्ने र निजि विद्यालयमा कार्यरत शिक्षक शिक्षिकालाई आवश्यकता पर्दा काम गराउने र संकटको समयमा बेवास्ता गर्ने गरिएको छ। याे विषयमा नेपाल सरकारले तत्काल ध्यान दिनुपर्ने , राज्य , स्थानीय निकायले पनि संस्थागत निजी विद्यालयलाई पनि सामाजिक दुरि कायम राखी तत्काल संञ्चालनमा ल्याउने पर्ने बताए ।
यस्तो छ विज्ञप्ति