☰ open Loading... 26 April 2024|  

युवाहरुको पहमा जिर्ण बनेको विधालयमा रंगरोगन
  | १० श्रावण २०७७, शनिबार २३:४२

 

 

 

 


सुर्खेत -वीरेन्द्रनगर ९ लाटीकोर्इलीको चाँदनी चौकीमा रहेको नेपाल राष्ट्रिय आधारभुत
विद्यालयमा युवाहरुले रंगरोगन गरेका छन् ।लाटिकोईर्लीमा रहेका युवाहरुको समुहले विद्यालय सरसफाई र जिर्ण भएको विद्यालयमा रंगरोगन गरेका हुन।
बर्षौदेखि जिर्ण अवस्थामा रहेको विद्यालयलाइ युवाहरुले सरसफाई र रंगरोन गरेपछि अहिले विद्यालय चिटिक्क भएको छ।२०४४ सालमा स्थापना भएको विद्यालयमा अहिले २ सय १५ जना बालबालिकाहरुले अध्ययन गर्दै आएका छन।

रेडियो भेरीका व्यवस्थापक केशब कोर्इरलाको आर्थिक सहयोगमा युवाहरुले विद्यालयमा रंगरोगन गरिएको युवा सनम गिरीले जानकारी दिनुभयो।
आफुहरुले गाँउटोलमा संरक्षणको अभाव र राज्यको नजर पुग्न नसकेको स्थानमा सामाजिक कार्यहरु गर्दै आएको स्थानिय युवाहरुकाे सधै भनाइ छ।
कार्यक्रममा विद्यालयका प्रधानध्यापक निमबहादुर शाहले युवाहरुले सहयोग गरेको प्रति धन्यवाद दिदै उहाँहरुप्रति आभार प्रकट गर्नुभयो।

यस्तै लाटीकोर्इलीका स्थानिय युवाहरुका संरक्षण नारायण विक्रम जिसीले ९ नम्बर वडामा रहेका सामाजिक सम्पदाहरुको संरक्षणमा युवाहरुले खेलेको भुमिका काम उल्लेखनिय रहेको बताउनुभयो।
कार्यक्रममा वडा नम्बर ९ का वडा सदस्य पुरन शाही र टिका विकले आफुहरु चाँदनी चौकीको स्थानियपनि भएको र यो क्षेत्रका धेरै बालबालिका अध्ययन गर्ने विद्यालय जिर्ण भएको बेला युवाहरुले गरेको कामको प्रशंस्सा गर्नुभयो।
सरसफार्इ कार्यक्रममा अनमोल श्रेष्ठ, नारायण थापा, कुशल श्रेष्ठ लगायत ९ नम्बर वडाका युवाहरुलार्इ सहयोग गर्न कैची ग्याङ समहुका युवाहरु पनि सहभागीता रहेको थियो।
पछिल्लो समय ९ नम्बर वडाका युवाहरुको संक्रियतामा काँक्रेविहार संमरक्षण क्षेत्रमा जरायोको आहाराको लागी सुपरनेपिर घासँ १५ सय विरुवा वृक्षारोपन गरिएको छ।
उनिहरुले स्थानिय शिव मन्दीरमा सरसफार्इ सहित सामाजिक क्रियाकलाप गर्दै आएका छन।
सरसफार्इमा सहभागी ३५ जना युवाहरुको लागी खाना खाजाको व्यवस्था एकदेव गिरी, रेमश थापा, राजन गिरी र गोविन्द्र गिरीहरुले गर्नुभएको हो।