| १२ श्रावण २०७७, सोमबार १६:१७
सुर्खेत । ईलाका प्रहरी कार्यालय छिन्चुले अवैध काठ बरामद गरेको छ । कार्यालयले भेरीगंगा नगरपालिका ७ सप्तरीबाट अवैध काठ बरामद गरेको छ ।
आइतबार राती १२ः३० बजे सप्तरीस्थित दिपक वलीको खालि घरमा लुकाएर राखेको सालको चिरान काठ ११९ वटा बरामद गरेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
उक्त काठ भे १ ह ४९६६ नम्बरको अटोमा ओसारपसार गरिरहेको अबस्थामा यस इप्रका छिन्चुबाट खटिएको प्र.नि. माधब प्रसाद चौधरी समेतको प्रहरी टोलिलाई देखेपछि ओसारपसारमा संलग्न व्यक्ति फरार भएको कार्यालयले जानकारी दिएको हाे।
अटो र काठ प्रहरीको नियन्त्रणमा रहनुका साथै अटो चालक फरार भएकोले आवश्यक अनुसन्धान भईरहेको प्रदेश प्रहरी कार्यालयले बताएको छ ।