| १२ श्रावण २०७७, सोमबार १७:०१
सुर्खेत । कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा पाँचजना बालबालिकासहित ३१ जना कोरोना भाइरस (कोभिड–१९) का संक्रमित थपिएका छन् ।
सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, दैलेख अस्पतालको प्रयोगशाला र चौरजहारी नगरपालिकाको प्रयोगशाला रुकुम पश्चिममा गरिएको परीक्षणबाट सोमबार थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
प्रदेशको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार थपिएका संक्रमित २८ जना दैलेख, दुइ जना सल्यनका र एक जना सुर्खेतका हुन् । यससँगै कर्णालीमा कोरोना संक्रमितको संख्या १९१० पुगेको छ ।
यस्तै, कर्णालीमा सोमवार मात्रै १४ जना डिस्चार्ज भएका छन् । योसहित प्रदेशमा डिस्चार्ज हुनेको संख्या १६५८ पुगेको छ । २४६ सक्रिय संक्रमित रहेका छन् भने ६ जनाको मृत्यु भइसकेको छ ।