☰ open Loading... 25 November 2024|  

नयाँ भवनमा पानी चुहिएपछी कोरोना संक्रमित रातभर जाग्राम
  | १३ श्रावण २०७७, मंगलवार २०:१८

 

यामराज विष्ट
दैलेख– कर्णाली प्रदेश सरकारले ७१ लाख रकमको लागतमा निर्माण गरेको आईसोलेसन अस्पताल झरि परेसंगै चुहिन थालेपनि कोरोना संक्रमितहरु रातभर जाग्राम बस्नुपर्ने बाध्यता रहेको छ । असार ३१ गते नयाँ भवनमा कोरोना संक्रमितहरुलाई सारिएको हो । अहिले नयाँ भवनभित्र पानी चुहिएर आहाल हुन थालेपनि विरामीहरुको विजोग भएको छ ।


(भवनसंगै उनीहरुले गुणस्तरहिन खाना खुवाईएपनि कोरोना संक्रमितहरुले विरोध गरेका छन् । खाना नमिठो, खान लायक नभएको गुनासो उनीहरुले पश्चिमनेपाल डटकमलाई गरेका छन् ।)

अमानतमा आन्तरिक कोटेशनमा मार्फत उक्त भवनको काम ठेकेदारलाई दिईएको थियो । वर्षातले छतबाट पानी सिधा र भित्ताहरु कोठामा खस्न थालेपछि ओछयान भिजेको कोरोना संक्रमित विरामीहरुले नाम नछाप्ने शर्तमा गुनासो गरेका छन् । उनीहरुले त्यहाँ भित्र दैनिक विहान बेलुका खाना समेत गुणस्तरहिन खुवाउने गरेको गुनासो गरेका छन् । नाम मात्रको खाना हुने गरेको छ । एक कोरोना संक्रमित विरामीले भने, मुखमै हाल्न नमिने स्वाद, पोषणविनाको खाना दिईने गरको छ । आफुहरुलाई भित्र अमानविय रुपमा हेर्ने गरेको गुनासो पनि उनीहरुले गरेका छन् । प्रमुख जिल्ला अधिकारी युवराज कटेलले भवनमा आएको समस्या बुझेर तत्काल मर्मत गर्न लगाउने र कामबारे छानविन गर्ने बताए ।