☰ open Loading... 25 February 2025|  

सार्वजनिक स्थलमा भीडभाड नगर्न सुर्खेत प्रशासनको निर्देशन
  | २१ श्रावण २०७७, बुधबार १२:५०

सुर्खेत । सार्वजानिक स्थलमा भिडभाड नगर्न सुर्खेत प्रशासनले निर्देशन दिएको छ । कोभिड–१९ को जोखिम बढ्दै गएकोले सार्वजनिक स्थलमा सभा, गोष्ठी, सेमिनार, जुलुस, जात्रा र महोत्सव लगायतका कार्यक्रम नगर्न निर्देशन दिएको हो ।

प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको अध्यक्षतमा मंगलबार बसेको जिल्लास्तरीय विपद् व्यवस्थापन केन्द्रको बैठकले अर्को सूचना जारी नभए सम्मा जिल्लामा यस्ता खाल्का कार्यक्रम गर्न रोक लगाएको छ । ‘अव चाडपर्वको सिजन आउँदैछ । चाडपर्वमा मानिसहरुको भीडभाड बढ्ने र यस्ले झन संक्रमण बढ्दै जाने संभावना देखिन्छ ।,’ प्रजिअ रेग्मीले भने, ‘आजैबाट लागू हुने गरी अर्को सूचना जारी नभएसम्म सार्वजनिक स्थानमा भिडभाड गर्न रोक लगाएका छौं ।’

जिल्लामा भारतलगायत अन्य मुलुकबाट आउने व्यक्तिहरुलाई अनिवार्य रुपमा क्वारेन्टिनमा राख्नको लागि प्रत्येक पालिकाले कम्तीमा एउटा क्वारेन्टाइन यथावत राख्ने र आउने व्यक्तिहरुको निगरानी बढाई व्यवस्थित अभिलेख राख्ने निर्णय पनि गरिएको प्रजिअ रेग्मीको भनाई छ ।