☰ open Loading... 18 May 2024|  

दैलेखमा सिडियाे, सह-सचिब सुनार आउदै
  | २५ श्रावण २०७७, आईतवार २२:२०

 

काठमाडौं, २५ साउन । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको सरुवा र पदस्थापन गरेको छ । साउन २५ गतेको निर्णय अनुसार १६ जना सह सचिव र उप सचिव तहका कर्मचारीहरुको सरुवा र पदस्थापन गरेको छ ।

अर्जुन पोखरेल सहसचिवलाई विपत जोखिम न्यूनिकरण तथा ब्यवस्थापन प्राधिकरणमा काज सरुवा गरिएको छ । सहसचिव उमेश वस्नेतलाई जिल्ला प्रशासन कार्यालय रौतहट सरुवा गरिएको छ । सहसचिव सन्तबहादुर सुनारलाई जिल्ला प्रशासन कार्यालय दैलेख सरुवा गरिएको छ । उपसचिव कृष्णबहादुर शाहीलाई जिल्ला प्रशासन कार्यालय झापामा पदस्थापन गरिएको छ ।

त्यसैगरी उपसचिव दीपक कोइरालालाई जिल्ला प्रशासन कार्यालय धनुषामा पदस्थापन गरिएको छ । उपसचिव उमाकान्त अधिकारीलाई जिल्ला प्रशासन कार्यालय, म्याग्दी सरुवा गरिएको छ । रौतहटका प्रमुख जिल्ला अधिकारी बाशुदेव घिमिरेलाई गृह मन्त्रालय सिंहदरवारमा सरुवा गरिएको छ । दैलेखका प्रमुख जिल्ला अधिकारीलाई राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभाग, सिंहदरवारमा सरुवा गरिएको छ । म्याग्दीका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाललाई गृहमन्त्रालय सिंहदरवारमा सरुवा गरिएको छ । राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागका निर्देशक हिरादेवी पौडेललाई जिल्ला प्रशासन कार्यालय मुस्ताङमा सरुवा गरिएको छ । मुस्ताङका प्रमुख जिल्ला अधिकारी देव प्रकास अर्याललाई पर्शामा सरुवा गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय ललितपुरका खिमराज भुसाललाई जिल्ला प्रशासन कार्यालय प्यूठान सरुवा गरिएको छ । प्यूठानका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद पन्थलाई गृहमन्त्रालय सिंहदरवार ल्याइएको छ। ध्रुब गिरीलाई जिल्ला प्रशासन कार्यालय स्याङजाबाट मनाङ सरुवा गरिएको छ । राजकुमार राईलाई जिल्ला प्रशासन कार्यालय झापाबाट रुकुम पूर्व सरुवा गरिएको छ । ललितकुमार वस्नेतलाई जिल्ला प्रशासन कार्यालय पर्शाबाट ललितपुर सरुवा गरिएको छ ।