☰ open Loading... 1 October 2020|   शुक्रबार, अशोज १६, २०७७

कोरोना जित्ने स्वास्थ्यकर्मीको अनुभव : ‘मैले बढीजसो दुधमा राखेर बेसार खाएँ’

  |

 



कोरोनाको महामारी जब आफ्नै जिल्लामा फैलियो तब हल्का मनमा डर उत्पन्न भएको थियो। जिल्ला अस्पताको ‘इमरजेन्सी हेड’ भएका कारण सबैभन्दा पहिला बिरामीको सम्पर्कमा जानु पर्ने बाध्यता थियो।

आफ्नै घरमा बस्ने नगरपालिकाको उपप्रमुख दिदीलाई देखियो र अस्पतालले मलाइ पनि होम क्वारेन्टाइनमा बस्न सल्लाह दियो। होम क्वारेन्टाइनमा बस्दै गर्दा चेकअप गरियो। रिपोर्ट पोजेटिभ आयो। रिर्पोट पोजेटिभ आएपछि अस्पतालका मेसु (मेडिकल सुपरिटेन्डेण्ट) सरले होम आइसोलेसनमै बस्न सल्लाह दिनुभयो।

मेरो श्रीमती पनि नर्सिङकै भएका कारण उनकै रेखदेखमा म होम आइसोलेसनमै बसेँ। अर्को ७ दिनपछि परिवारका सम्पूर्ण सदस्यको स्वाब संकलन गरियो। तर, सबैको रिपोर्ट नेगेटिभ आयो। हामी सबै खुसी भयौं। वरपरकाले त कोरोना लागेको भन्ने थाहा पाएपछि अलिअलि डराएँ।

मैले नै सबैलाई हौसला दिनुपर्छ भन्ने ठानेर कहिलै पनि उहाँहरुसँग आफू डराएको देखाइन। उहाँहरुलाई हौसला दिए। केही होइन झैं गरेँ। तर, केही होइन झैं गर्नु हुँदैन। कोरोनालाई केही होइनन झैं गरेका धेरै देशहरुले दुःख पाएका छन्। हामीले देखि रहेका छौं। त्यसैले सबैले कोरोनालाई एकदमै ‘सेन्सेटीभ’ हो भनेर बुझ्न जरुरी छ।

पहिलो अनुभव त सुत्केरी भएर अलगै बसेका नारीहरुको याद आयो। हाम्रो समाजमा अहिले पनि सुत्केरी भएपछि करिव १४÷१५ दिन अलगै राख्ने चलन छ। त्यो चलनले महिला दिदी बहिनीहरुमा कतिसम्मको समस्या भोग्नु पर्दो रहेछ भन्ने अनुभव भयो। तर, उहाँहरु पहिलै देखि चलिआएको रितीरिवाज भएर त्यस्तो अनुभव गर्दैनन् होला जस्तो लाग्छ। मैले त एकदमै अफ्ठेरो महशुस गरेँ।

जिस्काउने काम गरे। वरपरकाले यसलाई कोरोना लागेको छ जस्तो गरिरहन्थे। कतिपय साथीभाइहरुले ‘ए कोरोना दाइ भनेरसम्म भन्न भ्याए’। मैले त्यस्तो अफ्ठेरो महशुस गरेन। उहाँहरुको ठट्टा गर्ने बानी हो। नराम्रो सोचेर होइन भन्ने मैले बुझेको थिएँ। एकदमै खानपानमा हामीले ध्यान दिनै पर्छ। मैले त धेरैजसो दुधमा बेसार राखेर खाएँ। अनि गुर्जो पनि खाने गरेको थिएँ।

तातोपानी नटुटाई दिनमा ५ देखि ७ लिटरसम्म खाएको छु। यस्तै मासुको झोल खाइयो। धेरै झोलिलो वस्तु खानु पर्दो रहेछ भन्ने मेरो अनुभव छ। चिल्लो र तारेको कुरा त पटक्कै खानु हुँदैन। यसले त्यसै पनि हाम्रो स्वास्थ्यमा समास्या गर्छ नै। अझ कोरोना श्वास प्रश्वाससँग सम्बन्धित भएका कारण यस्तो चिजबाट जति टाढा रहन सक्यो त्यति फाइदा हुन्छ।

त्यो विषयमा त आफू सचेत हुने हो। अरुलाई पनि सचेत पार्ने हो। एक स्वास्थ्यकर्मीको नाताले मैले गरेको अनुभव भनौं या अध्ययन भनौं जुन देशमा कोरोनालाई सामान्य रुपमा लिइएको छ, त्यो देशमा धेरै समस्या भएको छ। हामीले पनि कोरोनालाई सामान्य रुपमा लिनु हुँदैन। हामी हरेक नागरिकमा एउटा भावना हुनु पर्यो। मैले अर्कोलाई सार्दैन। वा म जसरी पनि सुरक्षित रहनु पर्छ।

‘इन्डीभीजुअल’ यो विषयमा हामी शतर्क भयौं भने सायद यसको रोकथाम गर्न सकिन्छ। कोरोनाको त कुनै पनि औषधि हालसम्म बनेकै छैन। रुस एकदमै नजिक छ भन्ने सुन्नमा आउँछ तर पनि हामी सजक र सचेत नरहेसम्म यसको उपचार केही छैन। रातिराति श्वास प्रश्वासमा समस्या आउँथ्यो। अक्सिजनको समेत प्रयोग गरेको छु।

मैले हरेक ६/६ घण्टामा अक्सिजन प्रयोग गर्थे। राति एक्लै हुनु पर्ने। स्वास प्रस्वासमा समस्या हुँदा त साह्रै डर पो लाग्ने रहेछ। त्यो भएर अक्सिजन प्रयोग गरेँ। आफैले आफैलाई एउटा विमारी र स्वास्थ्यकर्मी दुवैको कतव्र्य वहन गरेँ। म विरामी पनि थिएँ। र मैले कहिलै विर्सेन म स्वास्थ्यकर्मी पनि हुँ भनेर।

मैले आफूले आफूलाई मात्र हैन मानसिकरुपमा मेरो सम्पूर्ण परिवार र वरपरका मानिसलाई समेत उपचार गरेँ त्यो बेलामा। अन्तमा पनि मेरो भन्नु त्यही हो। हामीले मास्क लगाउन छोड्नु भएन। यो मेरो नजिकको हो वा परिवारको हो भन्ने तिर लाग्नु भएन। र सम्झिनु पर्यो कि मैले गर्दा अरुलाई यो रोग नसरोस्।

वा म आफूमात्र भएपनि यो रोगबाट सुरक्षित हुनु पर्छ। यही दुईवटा कुरालाई ध्यान दियो भने सजिलै जित्न सकिन्छ। त्यतिमात्र हैन स्यानिटाइजर, मास्क र सामाजिक दुरीको हरेक एक पलमा ख्यान गर्नु होला। रोग लागेर निको हुँनु भन्दा रोग लाग्दै नदिनु राम्रो।डिसी नेपालबाट

प्रकाशित मितिः सोमवार, भदौ १, २०७७     9:04:39 PM
error: Content is protected !!