☰ open Loading... 3 May 2024|  

लायन्स क्लव अफ दुल्लुद्धारा उपचारमा सहयोग
  | २ भाद्र २०७७, मंगलवार १७:२५

 

 


यामराज बिष्ट दैलेख ।दुल्लु नगरपालिका –५ का १० वर्षिय भुवन खत्रीलाई लायन्स क्लब अफ दुल्लु, दैलेखले आखाँको उपचारका लागि आर्थिक रकम सहयोग गरेको छ । जिल्लाबाट थप उपचार गर्न काठमाडौं लग्नुपर्ने भएपछि क्लवले नगद २५ हजार रुपैँया सहयोग रकम हस्तान्तरण गरेको हो ।

रकम हस्तान्तरण कार्यक्रम लायन्स क्लब अफ दुल्लुका अध्यक्ष नारायणप्रसाद उपाध्यायको अध्यक्षमा भएको हो । लायन्स क्लब अफ दुल्लुले बिगत लामो समयदेखि दुल्लु क्षेत्रमा सामाजिक एबम रचनात्मक कार्यहरु गर्दै आइरहेको छ । बालकको उपचारका लागि थप आर्थिक सहयोग लायन्स क्लवले गरेको क्लवका प्रथम उपाध्यक्ष कपिल खनालले जानकारी दिए । उक्त आर्थिक सहयोग कार्यक्रममा लायन्स क्लब अफ दुल्लुका दितिय उपाध्यक्ष चन्द्र पोख्रेल, सचिब तिर्थ कार्की, कोषाध्यक्ष कृष्ण पाण्डे, शुसिला मिश्र, राजु भुज, लगायत अन्य लायन्स क्लबसंग सरोकार राख्ने ब्यक्तिहरुको उपस्थित रहेको थियो ।