☰ open Loading... 26 April 2024|  

नवराजको निर्देशनमा तिलकको टप्पा गीत सार्बजनिक
  | ७ भाद्र २०७७, आईतवार १२:०१

बाँके । नवराज सुबेदी द्धारा निर्देशीत तिलक परियारको टप्पा गित सार्वजानिक गरिएको छ । परियारको आफनै यूट्यूब च्यानलबाट ‘सुन हजुर’ बोलको टप्पा गीत सार्वजानकि गरिएको हो ।

प्रिज्म रेकडिंङ्ग स्टडियोमा रेकर्ड गरिएको उक्त गितमा शब्द लक्ष्मण ओली, लय तिलक परियार, संगित संयोजन बिबि अनुरागीको रहेको छ भने स्वर तीलक परियार र टीका पुनको रहेको छ ।

गितमा निर्देशक नवराज सुबेदीको परिकल्पना र निर्देशन रहेको छ । मोफसलमा म्युजिक भिडियो बनाउन चुनैती रहेको भन्दै निर्देशक सुबेदी बताउँछन । उनका अनुसार कोभिड १९ को महामारीका बिच पनि भौतिक दुरी कायम गरेर उक्त गितको भिडियो निर्माण गरिएको हो ।

भिडियोमा कलाकार सरला शाही, बादलस्याङ्घाबो तामाङ्ग, पुष्पा रेग्मी, आकाश ठाकुर, स्मारीका मल्ल, झबीन बर्मेली सुनारले अभिनय गरेका छन ।

बांकेका विभिन्न पर्यटकिय स्थलमा छायाकंन गरिएको उक्त भिडियोको छायाकंन तथा सम्पादन रामु चौधरीले गरेका हुन । चौधरीले ५ सय भन्दा बढी म्युजिक भिडियोहरुमा छायाकंन तथा सम्पादन गरिसकेका छन ।

 

गितकाे म्यूजिक भिडियाे हेर्नस :