☰ open Loading... 24 December 2024|  

गुरासँ गाउँपालिकामा अनियमितता गरेको अडियो काण्डबारे छानविन सुरु
  | ८ भाद्र २०७७, सोमबार १८:१९

 

दैलेख– गुरासँ गाउँपलिका वडा नम्वर ६ मा निर्वाचन क्षेत्र विकास कोष मार्फत भिउचुला – वगौरा – पुलिया सडकको स्तर उन्नती कार्यका लागि गत आर्थिक वर्षमा भएको कामबारे अहिले संचार माध्यम तथा सामाजिक सञ्जालमा अनियमितता गरेको अडियो रेर्कड सार्वजनिक भएपछि गाउँपालिकाले छानविन गर्न समिति गठन गरेको छ । उक्त सडकमा ४९ लाख ६२ हजार ५ सय रकम विनियोजन भएको थियो । उपभोक्ता समिति मार्फत काम गरिएको उक्त सडकमा अनियमितता गरेको अडियो सार्वजनिक भएको थियो ।
अडियो सार्वजनिक भएपछि गाउँपालिका अध्यक्ष खेमराज ओलीले गाउँ सभा सदस्य पशुपती शर्माको संयोजक रहने गरि ४ सदस्यीय छानविन समिति गठन गरेका हुन् । छानविन समितिमा वडाअध्यक्ष सुरेन्द्र महतरा, सव ईन्जिनियर उदयराज जैसी र सुर्य नेपाली रहेका छन् । समितिले ३ दिनभित्र गाउँपालिकामा रिपोर्ट बुझाउनुपर्ने उल्लेख छ । भाद्र ७ गते सचार माध्यममा आएको अडियो रेकर्डबारे सत्य तत्य बुझ्नका लागि छानविन समिति गठन गरिएको गाउँपालिका अध्यक्ष खेमराज ओलीले बताए ।