अकालमै ज्यान खायो
बाढी र पहिराले ।
सँघ सँस्था जन्माया छन
भाषणको ओइरोलो ।
योजना कागजमा सीमित
जन जिवन कस्टकर छ वाढी र पहिराले ।
हो जव जव विपद आईलाग्छ तब तब खोक्रो नितीका भाषण समवन्धित संघ संस्थाहरु बडो उद्घोष कां साथमा गर्जना गर्छन मैले यो गरे सो गरे तर आज देश भरी बांढी पैरोले आंतंक मचाउदा गण्डकी त्रिशुली कमला देंखी वांगलुङ्ग काभ्रेमा गरी देश भरी दर्जनौ मान्छेले अभोकाल जिवन गुमाउनु प¥यो ।र गुमाई रहेका छन । यदी राज्य यस प्रती सांच्चै नै उदार बाद रहेको थियो । उदासीन थिएन भने देशमा आइलाग्ने विपद व्यवस्थापनाका दृघ कालीन योजनाको दृघ कालीन निती बनाई जनताको गाँस बाँस र कपास र दृर्घकालीन व्यवस्थापन भई जनता मारमा परेका हुने थिएनन्।
यसै नियतीको सिकार हुन पुगेको दैलेख पश्चिममा बाल बालीका हरुले ज्यान गुमाएका छन। कालीकोटमा समेत जनता ज्यान गुमाउन विवश भए रेडक्रशले अली अली भए पनि पिडीत जनताको घाँउमा मलम लगाएको समाचारमा सुन्नमा आईराखेका छौँ । तर पक्कै पनि त्यो विपदको दृघ कालीन समाधान अवश्य मेव होइन त्यो क्यान्सरमा मलम दीएको क्षणीक शान्ती हो । तै पनि गच्छे अनुसार पगि शान्तुना दिएको प्रती जनता आर्शिवाद दिन चाहान्छन । तर बिपद आइलाग्दा च्यांउ जस्ता उम्रेका स्वदेशी र बिदेशी संस्थाहरु भने विपद बांजा बजाएर आउदैन हामी यस्मा चनाखो बन्नु पर्छ भनी विभिन्न सभा गोष्ठीमा थाकी नसक्ने भाषणका चाङमा प्रशस्तै धन जन र पैसा वर्षादी तर्फ लागेको हामी गोष्ठी मिटिङ्ग बैठकमा प्रशस्त सुन्न पांउदछौँ ।
बहत्तर सालको ठुलो भुकम्प होश २७ सालको भुकम्प होस पन्चानब्बे सालको भुकम्प होस अथवा राणा काल देखी अहीलेको गणतन्त्र काल आई सक्दा समेत निती निर्माता समवन्धित क्षेत्रमा काम गर्ने च्याउ उम्रे जस्ता संघ संस्था सबै आ आफ्नो दीन चर्याको खेलमा बडेमानका रेस्टुरामा वडेमानका टेवुलमा वहुत महंगो खाना आवासमा अर्वौ खर्चेर विपद व्यवस्थापनका नाउमा नाटकीए रुपले जनताको सुरक्षार्थ भनी भाषण काँट छाँट गरेको पाइन्छ । हामी आम सभा गोष्टी दिवसमा प्रशस्त सुन्न पांउदछौँ । तर जन धनको सुरक्षा भएको शताब्दीयौ देखी गणतन्त्र सम्म आई पुग्दा समेत जनताको हीत हुने कुरा फुटी कौडी नभएको हाँमी पाउदछौ , सांच्चीकै निती बनेको भए फीतलो नितीको शिकार अवश्य मेव जनता बन्ने थिएनन होलान आज जन जिवन विचल्लीमा छ । जनता को धान रोपेका खेत बगरमा परिणत भएका छन । कती जनताको लास र सासको अत्तो पत्तो छैन । कती जना त खुला आकाश मुनी पाल टाङेर जिवन जिउन विबश बनी राखेका छन । जनताको उठी बास लागेको छ । साच्चीकै राज्य र राज्य सँग आवद्ध संघ संस्थाहरु जन पक्षीय नितीमै लागेर सत्यताको निती बनेको भए जनता ज्यान गुमाउन विवश कहीले पनि हुने थिएन विपद न्युनीकरण भई सकेको हुने थियो होला विपदको जोखीममा परी जनताले अवश्य मेव मृत्यु वरण गरेको हुने थिएन होला र गणतन्त्रले सफल सबल र अवल गणतन्त्रले देशमा अवश्य फडको मारी सकेको हुन्थ्यो होला त्यसको विपरीत अर्थात पृथ्वी सुल्टो होइन अवश्य उल्टो घुमी रहेको छ भन्ने नेपाली जनताले महशुस गर्न थाली सकेका छन । किनत भन्दा महामारी चली राखेको छ जनता सहन विवश छन ।
आँधी बेहरी आई राखेको छ, जनता सहन विवश छन । बाढी पैरो आई राखेको छ, जनता सहन विवश छन । चटयाङ्गमा जनताको जिउ ज्यान गएको छ । जनता शहन विवश छन । रोग ग्रस्त, भोग ग्रस्त, शिक्षा पिडीत, दिक्षा पिडीत, बेरोजगार ब्याप्त जनता सहन विवश छन । तर राज्य सत्ता भने ब्यक्ती बाट दल गत, गुट गत स्वार्थमा रुमलीई राखेका दृस्यहरु हामी समाचारमा सुन्छौँ देख्छौ र भोगेका छौँ भोगी रहन्छौ , भोग्नेछौँ हुन्छ भईराखेको छ हुनेछ भन्दै जिवन जोखीममा परि अकाल मृत्यु बरण गरेका घटना क्रमले पुस्टी हुन आँउछकी एनजीओ आइएन जिव संघ संस्था ब्यक्ती पार्टी र राज्यका धुपाउरे र आउरे वाउरे मात्र हुन यो फितलो नितीका ऐजेण्ड हुन भन्ने प्रस्ट बुझ्न सकिइन्छ ।
खुट्टाका चप्पल लगाउने क्षमता नभएका समाज सेवी हरुका राता रात घर जग्गा महल अलंङ्घारंविभुषण छिनमै तयार भएका जनता देखी नैराँखेका छन । तर तट बन्धको नाँउमा छुट्टीएका रकम विपद व्यवस्थापनमा लुटीएका रकम शान्ती सुरक्षाका नाममा छुट्टाएका रकम विकाशका योजनामा छुट्टीएका रकम शिक्षा स्वास्थ, कृर्षी स्वरोजगार मा छुट्टीएका रकम पर्यटनमा छुट्टीएका रकम कार्तीकमा भैली खेलेको खाजा सावीत भएका छन । गरीव कोरनाको नाउमा मरेका छन, शिक्षाका नाउमा मरेका छन, स्वरोजगारका नाउमा मरेका छन, विपत्तीका नाउमा खोलो, पैरो, भुकम्प पिडीतका नाउमा मरेका छन । उचीत गाँस बाँस र कपास नहँुदा शित लहरको नाउमा ज्यान गुमाएका छन , तर राज्यको अति मंहंगाई हु्ँदा कर तीर्न र मंहंगा बस्तु खरीद गर्दा गर्दा गरीवीको रेखा मुनी बाँच्न विवश छन । समाजले गाँउ वडा नगर, जिल्ला क्षेत्र हुदै संघ प्रदेशहरु निर्माण गरेको छ यि गरिव नेपाली मध्येका ठालु शामन्त बेविचारी हरु राज्य संस्था संगठन युनियनका पदाधिकारी चुनीएका छन । जो थाङने हरु खान लावन नपाई गाँउमा तडपी रहन्थे ती अहीलेका निती निर्माता को उच्च पदस्त अधिकारी छन ।
यस्ता बाट जनता को लागी जनताबाट जनताको अधिकार स्थापित गर्न चुनेको ब्यवस्थामा बिपद ब्यवस्थापनका दृर्घ कालीन योजना नवन्नु, शिक्षा निती दृघकालीन नहुन स्वरोजगारको प्रत्या भुती नहुन युवा विदेशमा भित्रीनुले प्रमाणीत भइसकेको छ । नायक खलनायक दुराचारी भ्रस्ट्राचारी हिन्सक बलतकारी बाहेक देशले उब्जाउन सकेको केही छैन भन्ने प्रमाणीत भई सकेको छ ।
किनत भन्दा यो देशमा शिमा मिचीइन्छन बाल मतलव, युवा विदेशिइन्छन बाल मतलव , शिक्षा निती स्वरोजगार मुलक छैन बाल मतलव , हत्या हिन्सा बलतकारका घटना घटछन बालमतलव , युवा विदेशिन्छन बालमतलव, विनाश हुन्छ वालमतमलव, खोलो पैरो बाढीमा जनता ज्यान गुमाउन्छन बालमतलव, विकाश हुदैन विनास हुन्छ बालमतलव, जनता भिखारी ठालु दलाल चोर छिनार मांफीया भुमाफीया मोटाउछन स्वमतलव को खल्तीको सम्वीधान जनताको लागी कागलाई वेल पाक्यौ हर्षन विश्मात भन्दा अरु केनै हुन्छ र यि समाजमा लागु भएका तथ्य प्रमाणीत देखेका, भोगेका, सुनेका, जनताको कहांली लाग्दो अवस्थाले पुस्टी प्रमाणीत भई सकेका विषय हुन नौलो होइनन परा परर्व काल देखी नै लागु भएका अशली किताब हुन ।
गातन्त्त काल आईसकेको आजका मिती सम्मका तथ्य परक निती अव लागौ तपाईहरु सच्चा जनता का पहरेदार हौ भने , भ्रस्ट्राचार रोकेर जनता को रोक भोक शोक अशिक्षाको नितीको अन्त्य गरेर देखाउ, जनताको मत अनुसार राजा रामले शती माता सिताको त्याग गरी राज्य गरेका थिए , कर्णले अतिथी सत्कारका पुत्र को बध गरेर पाहुनाको सत्कार गरेका थिए । पाण्डपले भाईचाराको लागी राज्यको त्याग गरेका थिए । क्रृषी दधिचिले धर्मको बचावका लागी आफ्नो प्राण त्याग गरी हड्डीको पास बनाएर दुराचारी राक्षेसको बध गरी देखी देवतालाई जिवन दान दीएका थिए ।
यदी साँच्चीकै राज्यका जनताको शुसासनको वकालत गरी नथाक्ने राजनेता समाज सेवी चरीत्र वान छौ । भने निती वान छौ , भने बेला बेलामा जनताको अगाडी गई भभोका पेटका भाषण सुन्न बाध्य गर्ने र भाषणले चित्त बुझाउने प्रवृतीको अन्त्य गरी खोला पैरो जाने जाने ज्यान जोखिमको बस्ती को ब्यवस्थापनका दृघ कालीन योजना ल्याई जनताको गाँस बाँस कपासको प्रत्याभुती गराउ तपाईले घोक्रो फांटने र मुख च्यात्ने गरी भाषण गर्नु पदैन । तपाईलाई जनताले भोट हालेकै छन । स्वफुर्त हालीनै रहनेछन । यदी तपाई जनताका सच्चा पहरे दार हौ भने युवा स्वरोजगारका दृघकालीन योजना अघी सार दृघ कालीन शिक्षा प्रणालीका योजना अघीसार कछुवा गतीमा चल्ने सडक योजनाका निती अघी सार, पर्यटनका कुरा अघी सार, जलविद्युतका कुरा कुलमान घिसिगँ जस्तो अघी सार जटी बुटी प्रशोधनका कुरा अघी सार, खानीका कुरा अघि सार, युवा स्वरोजगार चम्कीएला, कलका।खाना घन्कीएलान, पेटभरी जनताले खाना पाउलान, लाउन पाउलन, समस्या नै समस्या को जाल झेला बाट उन्मुक्ती पाउलान र समाज र नितीमा लागेको धमीरा मरी कुलतको अन्त्य भई असल नितीले कुलधार हैन सदाचार सदा विचार गरी उज्वल गर्ने नितीले प्रवेश पाउला शान्ती शुसासन अमनचयनले प्रवेश पाउला विकाशले जनताको घर दैलोमा हाँसी खुसि छाउला गणतन्त्र सार्थक होला पापरोला पुण्द्य हांस्ला राम राज्यको थालनी होला नेताहरु गृहमेघी मृगमाया को चपेटा बाट उन्मुक्ती पाउलान कृष्ण भक्त भई मनुस्य चोलाको अन्त्य गरी इश्वरत्व पाई इश्वर बन्लान, जन्मा जन्मको चक्तब्युह को अन्त्य गरी भगावानको चलायमान श्रृस्ट्री संन्चालन गर्लान र नाता बाद कृपावाद स्वास्नी बांद फरीयां बांद कुसंस्कार र कुरीतीको अन्त्य इश्वरको सत पात्र प्राप्ती गर्लान योहो राज निती, किर्ती, यस वैभव शेवा प्रेरणा प्रायश्चित, यि दृघ कालीन योजना नहुदा जनता रोएका छन । दलाल हाँसेका छन, स्याल बासेका छन यही श्राभको अन्त तीर गएको पैरोमा ज्यान गुमाएका छन । खुला आकाश मुनि बसि जिवन जिउन बाध्य भएका छन ।
जिल्ला रेडक्रस ले पिडीत हरु लाई केही सक्दो सामाग्री उपलब्ध गराई राहत रुवरुप घाउमा मलम लगाएको छ । जो जिवन जिउने आधार पक्कै पनि होइन , यसको लागी स्थानिय सरकार प्रदेश सरकार सधै सरकारका दृघकालीन योजना लागु भई जनताले पिडाबाट उन्मक्ती पाउने राज्यले व्यवस्थापन गर्नु कर खाएको पैचो तिर्न सक्ने निती लागु हुन म लेखक समेतका जनता राज्य सँग माग गर्दछौँ र समयानुकुल बल्झी रहने नितीको अन्त गरी यसै साल बाट दीगो विकाश स्वच्छ निती निस्कलंङ्कीत योजना लागु हुन र दैलेख बासी पिडीत जनताको गाँस बाँस कपासको दृघ कालीन व्यवस्थापन होस भनी सम्वन्धित सेवा ग्राहीको निकाय समक्ष रहुन भन्दै म लेखक विट मार्दछु । ॐ पन्चवक्त्राय विद्धमहे महादेवाय तन्नो रुद्र प्रचोदयात ।
लेखक
रण बहादुर ऐरी
कार्यलय प्रमुख
खा.ब्या.तथा ब्या.क.ली
शाखा दैलेख