☰ open Loading... 23 December 2024|  

दैलेखका ८६.६६ % नागरिक अझै विद्युतको पहुँच बाहिर
  | ९ भाद्र २०७७, मंगलवार १६:०४

पंखबहादुर शाही – दैलेख । नेपाल विद्युत प्राधिकरणले तीन बर्षमा जिल्लालाई पुर्ण रुपमा विद्युतीकरण गरिसक्ने लक्ष्य हाल सम्म पनि दैलेखका अधिकाँश ग्रामिण भु–भागमा विद्युतीकरण हुन सकिरहेको छैन् । प्राधिकरणको लक्ष्य लिएको १ बर्ष वितिसक्दा पनि दुई स्थानीयतह पुर्ण रुपमा र अन्य पालिकाका वडातहमा विद्युतीकरण हुन नसकेको हो । पश्चिम क्षेत्रमा पर्ने आठबीस नगरपालिका र ठाटीकाँध गाउँपालिका पुर्ण रुपमा विद्युतको पहुँच बाहीर छन्, भने,‘ अन्य पालिकामा पोलिङ् देखि लाईन विस्तारको काम भइरहेको छ ।

यद्यपी, लक्ष्य अनुसार काम हुन नसकेको स्थानीय बुद्धिजिवीको भनाई छ । अनुमानित करिब ३ लाख जनसँख्या रहेको दैलेखका हाल सम्म १३ दशमलव ३३ प्रतिशत नागरिक मात्र विद्युतको पहुँचमा छन्, भने,‘ ८६ दशमलव ६६ प्रतिशत नागरिकहरु सौर्यवत्ति र टुकीको भरमा छन् । विद्युत प्राधिकरण शाखा कार्यालय दैलेखले हाल सम्म जिल्लाभर करिब ८ हजार मात्र सेवाग्राही भएको बतायो । ठाटीकाँध र आठबीसमा विद्युत नहुँदा पालिकाको कार्यसम्पादन समेत सोलारबाट हुने गरेको छ । महावु, नौमुले, भगवती, डुङ्गेश्वर, गुराँस, भैरवी गाउँपालिका तथा नारायण र दुल्लू नगरपालिका विद्युतको राष्ट्रिय प्रसारणमा जोडिएकोे प्राधिकरणले जनाएको छ । तथापी, दुल्लु र नारायण नगरपालिकामा बाहेक अरु पालिकाको केन्द्र सम्म मात्र विद्युतको लाइनले छोएको छ ।
दुल्लू नगरपालिकाका करिब ६० प्रतिशत नागरिकले विद्युतको पहुँचमा रहेको नगरप्रमुख घनश्याम भण्डारीले बताए । अहिले सम्म १३ ओटै वडाका वडा केन्द्रमा विद्युतीकरण भइसकेको छ,’उनले भने ,‘ बाँकीमा वितरण लाईनको काम भईरहेको छ ।
सदरमुकाम समेत रहेको नारायण नगरपालिकाका ९ ओटा वडामा विद्युतीकरण भएको छ, भने १०, ११, ४ वडा विद्युतविहीन छन् । गत बर्ष महावु गाउँपालिकाको वडा २ मा प्राधिकरण सँगको साझेदारीमा ७५ लाख लागतमा विद्युत पु¥याउने काम भएको छ । नौमुले गाउँपालिकामा द्धारीखोला लघुजलविद्युत निर्माण भएपछि गाउँपालिकाको केन्द्रमा विद्युत जडान भएपनि गाउँपालिकाका अन्य वडाहरु अहिले पनि अन्धकारमै रहेको वडा–३ का शसिराम विकले बताए ।
दैलेखमा निर्वाचन क्षेत्र नं.–१ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य रविन्द्रराज शर्माले स्थानीय पुर्वाधार साझेदारी कार्याक्रम मार्फत ०७५ मा ६ करोड रकम विद्युतीकरणमा छुटाए । तर, हाल सम्म पनि उक्त कामले गती लिन नसकेको स्थानीय बताउँछन् । गत बर्ष टेण्डर भएपनि कामले पुर्णता भने पाउन सकिरहेको छैन् ।
सामुदायिक ग्रामिण विद्युतीकरण सँग साझेदारी
जिल्लाका प्राय पालिकाले सामुदायिक ग्रामिण विद्युतीकरण सँग मिलेर काम गर्न हौसिएका छन् । १० प्रतिशत सम्बन्धीत स्थानीयतह र बाँकी ९० प्रतिशत रकम उक्त कार्यक्रमले लगानी गरिदिने भएकाले स्थानीयतहहरुले रु. १ करोड बराबर रकम विनियोजन गरेका छन् ।
नारायण नगरपालिकाले बाँकी रहेका वडामा विद्युतीकरण गर्न टेण्डर भयर पनि ७ ओटा ट्रान्समिटर आइसकेको पालिकाले जनाएको छ । भैरवीले गत बर्ष नै छुट्याएको थिया े।
यस्तै गुराँस गाउँपालिकाले २ करोड रकम लगानी गरी २० करोडको टेण्डर कार्य अघि बढाएको थियो । यस्तै महावु, भगवतीमाई, नौमुले, डुङ्गेश्वर र गुराँस गाउँपालिकाले पनि साझेदारी गरेर अबको केही बर्षमा नै विद्युतीकरण गरिसक्ने लक्ष्य लिएका छन् । यद्यपी, अहिले सम्म पोल विस्तार गर्नेकाम मात्र भएको छ ।

विद्युत भन्दा सोलारनै बेस !
चामुण्डाबिन्द्रासैनि नगरपालिकाको कार्यालयमा एक बर्ष अघि विद्युत जडान भयो । तर, नामको मात्र विद्युत काम केही नभएको नगरपालिकाका कर्मचारीको भनाई छ । विद्युत भन्दा बरु सोलारबाट नै काम सहज रुपमा गरेका छौँ,’नगरपालिकाका सुचना अधिकारी खगेन्द्रबहादुर शाहीले भने । उनका अनुसार चाविनपाका ८ र ६ वडामा जडान भएको छ, भने बाँकी वडामा पोल विस्तारको काम भइरहेको छ ।
गत आव सामुदायिक ग्रामिण विद्युतीकरण कार्यक्रममा लागि एक करोड छुट्याईएको रकम कोरोनामा लगाइएकाले अहिले १ करोड पुन विनियोजन गरेको उनले बताए ।

 

क्याप्सन ः भगवतिमाई गाउँपालिकामा राष्ट्रिय प्रशारण लाईन जोड्दै प्राविधिक । तस्वीर पंखबहादुर शाही । आर्थिक अभियान्

विद्युत पोल जडानमा ढिलाई, बर्षभरी ६२ पोल मात्र जडान
गत आवमा आठबीस र ठाटीकाँधमा पोल जडानका लागि रु. २ करोडका टेण्डर भएको थियो । दुई पालिकाका लागि १००÷१०० पोल जडान गर्ने भनिएको थियो । तर, हाल सम्म ६२ ओटा पोल मात्र जडान भएका छन् । चामुण्डादेखि ठाटीकाँध र ठाटीकाँध देखि आठबीस जडान गर्ने एउटै रुट भएकाले ठाटीकाँधको रामाघाट खोला भन्दा केही माथि सम्म जडान भएको विद्युत प्राधिकरण शाखा कार्यालय दैलेखका सुपरभाईजर पुर्णबहादुर खत्रिले बताए । उनले कोरोना भाइरस सँगै बर्षातका कारण काममा ढिलाई भएको बताए । आठबिस नगरपालिका दैलेखका नगरप्रमुख खड्कराज उपाध्यायले बिद्युत अभावका कारण नगरपालिकाका धेरै काम प्रभावित भएको बताए ।
१४ करोडको काम नै सुरुवात भएन् ।

शाखा कार्यालयले जिल्लालाई तीन बर्ष भित्र विद्युतीकरण गरिसक्ने लक्ष्य सहीत ७५ करोडको स्टमेट बनायर केन्द्रमा पठाएको थियोे । जसमध्ये गत आवमा १४ करोड रकम आएको थियो कार्यालयका सुपरभाईजर पुर्णबहादुर खत्रिले भने,‘ त्यो रकमको टेण्डर मात्र भएको र काम अझै भएको छैन् । अब बर्षातपछि काम शुरु हुन सक्ने उनको आंकलन छ । भने बाँकी रकम आउने नआउने भन्ने कुनै जानकारी प्राप्त नभएको उनले बताए । यद्यपी, रकम सबै आयो भने तीन बर्षमा सबै नागरिकलाई विद्युतको पहुँचमा जोडिसक्छौँ,’उनले भने ।