☰ open Loading... 1 October 2020|   शुक्रबार, अशोज १६, २०७७

सर्पको टाउको र कर्णालीमा कोरोना उन्मुलन गर्ने अचुक बिधी

  |

 

                     डा . नवराज केसी

 

मेरो स्वर्गीय बुवालाई सबैले शिक्षक भनेर सम्झन्छन् । म भने बुवालाई कृषकको रुपमा सम्झन्छु । एकाबिहानै कालो लामो गमबुट, ठाउँ–ठाउँमा च्यातिएर प्वाल परेको पैजामा अनि ह्वाल्ल भुँडी देखिने बन्डी लगाएर खेतका आलीआलीमा कुद्नुहुन्थ्यो । बोटविरुवासँग खै के अचम्मको साइनो थियो उहाँको । उहाँले हुर्काएका विरुवाहरुको छाँयामा उहाँले हुर्काएको मान्छे म, उहाँलाई कृषकै भनेर सम्झन्छु ।

द्दण्द्धघ साल तिरको कुरा हो । एकपटक घरमा २५ जनाजति चौधरी दाइहरु आउनुभयो । सबैको हातमा खन्ती, फरुवा, बेल्छाहरु थिए । बुवाले लामो डोरीको रोल फुकाउन थाल्नुभो, उनीहरुले टुप्पो तान्न थाले । म पनि त्यो गुडिरहेको डोरीको रोल पछिपछि कुदे । वरिपरि डोरी गाडेपछि, सबै जनाले जोरजोरले खन्न थाल्नुभयो । लगातार ३५ दिनसम्म खनेपछि सम्भवतः कर्णालीकै पहिलो माछा पाल्ने ठूलो पोखरी तयार भयो । खोलाको ड्यामबाट घटघट गर्दै पानी तान्ने पम्पसेट कराउन थाल्यो ।

ताल भरियो अनि त्यसमा माछाको भुराहरु हालियो । तालभरि माछा हालेपछि वरिपरिका सर्पहरु तालका डिल डिलमा भेटिन थाले । माछाका भुराहरु यिनका आहारा थिए । सर्पले माछाका भुराहरु नास गर्न थालेपछि बुवा दुःखी हुनुभयो । उहाँ दुःखी हुँदा म रुम रुम भये , अब सबै सर्पहरु मार्नुपर्छ हाम्रो सल्लाह भयो।

गाउँभरिका भुराभुरीलाई खेरेर बुवाले एउटा सर्प मार्नेलाई एक रुपैयाँ इनाम राख्नुभयो । बाँसका लामा लट्ठी बोकेर हामीहरु सर्प खोज्न निस्कियौं । चेतन र मैले एउटा सर्प देख्यौ, देख्न वित्तिकै उसले लट्ठीले ठटायो । सर्पको पुच्छरमा लाग्यो । मैले पनि जिव्रो टोकेर त्यही पुच्छरमा बजारेँ । पुच्छरको गहिरो घाउ बोकेर सर्प तिव्र गतिमा कुद्यो । हामीले पिछा छोडेनौं ।

म्याराथुन चल्यो अनि फुच्चे सर्पले हामी फुच्चेलाई छक्याउँदै झ्याम्म पानीमा कुद्यो ।हामी निरास भयेऊ । उताबाट गणेश र गोविन्द पाँच वटा मरेका सर्प बोकेर आए । हामी दंग भयौ । छाती फुलाएर नाकका पोराहरु फुलाएर आफु पनि अलिकति फुल्लिएर गणेशले भने, ‘केटा हो, सर्प मार्नु छ भने विस्तारै हिड्नु पर्छ, तिखा आँखा पार्नु पर्छ,सानो लट्ठी बनाउनु पर्छ अनि प्याट्ट सर्पको टाउकोमै बजाउनु पर्छ, केवल टाउको ।

कोरोना भाइरसको सामना गरिरहेका संसारका विभिन्न देश अनि प्रदेश र स्थानीय सरकारहरुले गणेशको सर्प मार्ने जुक्ती सुन्न र बुझ्न जरुरी छ ।म एक ‘किसान’ बुवाको चिकित्सक छोरो । विश्वलाई कोरोनाले आक्रान्त पारिरहेको बेला मलाई सर्पको टाउको बजार्दाको घटना याद भइरहन्छ । मलाई लाग्छ– कोरोना विषालु सर्प नै हो । अब यसको टाउकोमा कसरी बजार्ने त ?

करिब ५ महिनादेखि कोरोनारुपी सर्पको पुच्छरमा न्वारानदेखिको बल लगाइरहेका संसारका धेरै सरकारको लट्ठी अब टाउकोतिर सर्दै छ जस्लाई कोरोना रोक्थाम ९अयचयलब अयलतचय०० होइन उन्मुलन ९अयचयलब भष्mिष्लबतष्यल० भन्न थालेका छन कोइ कोइ। स्वास्थ्यको विज्ञानमा कोरोना नियन्त्रण र उन्मुलन उस्तै–उस्तै देखिए पनि गराइमा भने आकाश पातालको फरक हुन्छ । न्यूजिल्याण्ड, सिंगापुरजस्ता राष्ट्रहरुले कसरी कोरोना उन्मूलनको विधि सुरु देखी नै अपनाए ? के कर्णालीमा पनि त्यो संभव छ?

कर्णालीको सन्दर्भभा कोरोना सर्पको टाउको बबई र कपुरकोटमा छ१ केही समय अगाडि कर्णाली सिमामा ९बवइ र कपुरकोट नाकामा०जीवानन्द भाइको साथीहरुको टोली दिन रात खटिएका थिए । झट्ट हेर्दा १९–२० वर्षका यी ठिटाठिटीको साहस अंग्रेजविरुद्ध लडेका बलभद्र कुँवरको जस्तै थियो । टाउकोको तापक्रम लिन्थे र घामपानी केही नभनी ठिङ्ग उभिएर रजिष्टरका पानामा कोरी रहन्थे ।

सिंगापुरको सिमामा पनि जीवानन्द भाइजस्तै स्वास्थ्यकर्मीहरु बस्छन् । उनीहरु पनि तापक्रम लिन्छन् । रजिष्टरका पानाहरु रंगाउँछन । तर एउटा कार्य बढी गर्छन् । त्यहाँ सिमामै बाहिरबाट आउनेको पीसीआर स्वाव संकलन हुन्छ । १२ घण्टामै रिपोर्ट आउँछ । अनि नेगेटिभ भए ७ देखि १४ दिन क्वारिन्टीन र पोजिटिभ आए घर वा अस्पतालको आइसोलेसनतिर उनीहरुलाई पुर्याइन्छ । खर्चको हिसाब हेर्दा उनीहरु पुरा कोरोना खर्चको लग भग आधा रकम सिमामै खनाउँछन् । थोरै खर्च तर ठीक ठाउँ मा गर्दा गज्जब हुदो रहेछ । उदाहरण तेस्तै छ ।

यो खर्चले भेन्टिलेटर र अक्सिजन प्लान्टजस्ता झन् महँगो सामान किन्ने अर्को खर्च बचाउँदा रहेछन् । सीमामै गरिएको लगानीले समुदायमा कन्ट्याक्ट टेसिङ, उपचार लगायतको लगानी लग भग ७५ प्रतिशतले घटाउँदो रहेछ । अनि सबैभन्दा चुरो कुरो सिमामै ठूलो लगानी गर्दा आर्थिक र मानवीयले लकडाउन गर्न नपर्ने नै गरिदिने रहेछ, जसले देशलाई आर्थिक विपत्तिबाट बचाउँदो रहेछ ।

कर्णालीका सिमामै आर्थिक र मानविय लगानी बढाई १२ घण्टामै स्वाब परीक्षण, बाहिरबाट आउने नागरिकको सीपको पहिचान, स्वास्थ्यको अवस्था र फोनको सीमको व्यवस्था गर्न सके कोरोनाको टाउकोमै चोटिलो हुने थियो । सुन्दा अप्त्यारिलो लाग्ने यो कुरा थोरै थोरै राष्ट्रहरुले मात्रै गरे । हामी हप्तपिच्छे लकडाउनले छटपट गरिरहँदा ती थोरै राष्ट्र भने खुला बजारमा रमाइरहेका छन् । कोरोना उन्मुलन गर्दैछौं भनेर हामीलाई जिस्क्याइरहेका छन् । अनि प्रेरणा पनि दिइरहेका छन् ।

सिमामै कोरोनाको टाउकोमा ठोक्ने राष्ट्रहरुको अर्को कथा पनि गजवको छ । सिमा मै कोरोना को बाध बाधेर देश भित्र थोरै सन्क्रमित हुँदा त्यहाँका क्वारिन्टीन र आइसोलेसन खालीखाली रहँदा अस्पतालका आइसीयू पनि खाली नै रहेछन् । फलस्वरुप भविष्यमा खासै काम नलाग्ने अतिरिक्त महँगा स्वास्थ्य सामाग्रीको भारले देशको अर्थतन्त्रलाई कति पनि छोएनछ । न त नयाँ अस्पताल बनाउनु परेछ । हामीकहाँ स्वास्थ्य सामाग्री विकाउनेहरु हरेक तहमा लाम लागेर बसेका छन् !

२० वर्षका जिवानन्दले हेल्थ डेक्समा स्वास्थ्य परीक्षण गरिरहँदा कर्णाली छिर्न खोज्ने मानबहादुर पनि २० वर्षकै रहेछन् । पोहोर साल गुजरात गएका उनले यो वर्ष महको डल्लोलाई प्याकिङ गर्न सिकेका छन् । भारतले उनलाई भारु पैसामात्र दिएन, महको काम गर्न पनि सिकाएछ । मानबहादुर जाजरकोट पुग्दा व्यावसायिक रुपमा मौरीपालन र महको बजारीकरण कसरी गर्ने भन्ने जानेका छन । कोरोनाले घर फर्किएका उनी सिमामा लाइन लागेर पसिना बगाउँदा कर्णालीको योजना आयोग पनि तात्तिनु पर्ने हो । घर फर्केका हरेक युवायुवतीको क्षमता, अवस्था सिमामै पहिचान गर्ने भियतनामीहरुले युवा पलायन हुन नदिने अवसरको रुपमा लिएछन् कोरोनालाई ।

सानो समूहको कार्यक्षमतालाई सिमामै रेकर्ड गरे ठूलो विवरण थाहा हुन्छ । पूरै तथ्यांकलाई केलाउँदा फर्केका युवायुवतीलाई वर्गिकरण गर्न सकिन्छ । अनि युवा रोजगार कार्यक्रमको टोपी लगाई फेरी बाहिर नफर्किने बनाउन सकिने रहेछ । कर्णालीका योजना आयोगका योजनाहरु फुराउने हातहरु गाउँ छिरेका छन् ।

कालो चस्मा उतार्न जरुरी छ ।

सिमाबाट गाउँ छिर्ने हातहरुमा भएका मोवाइल खाली हुँदा रहेछन् । तीन महिनाको रजिष्टर हेर्दा फोन नम्बरै नभएर गाउँ पुग्नेहरु हराउँछन । सिमामा लगानी बढाउँदा हरेकलाई सिमको उपहार दिए निरन्तर कन्ट्याक टेसिङ पनि हुने रहेछ ।सिमामै, यिन्ले के जानेका छन र गाउमा अब यिन्लाई के गराउने त रु कर्णालीको योजना आयोग लाई जोरो आओस काम ले तातियोस ।

भारतमा डा। यादवले एउटा रोचक अध्ययन गरेछन् । हाम्रा गतिविधिमध्ये सबैभन्दा समुदायसम्म कोरोना के ले फैलायो त रु उत्तर रहेछ, ‘असुरक्षित यातायात।’ कर्णालीको नाकादेखि गाउँगाउँसम्म कोचिएर यात्रा गर्नेहरुले एक अर्कोलाई कोरोना मात्रै है, धेरै रोगहरु सार्छन । सिमामा सुरक्षाको जाँच, स्वास्थ्यको जाँच, फोनको व्यवस्था, रोजगारीको सम्भाव्यता र कोरोनाको जाँच गरी रिपोर्ट दिएपछि तत्कालै यी व्यक्तिहरु दुई समुहमा छुटिन्छन् । संक्रमित आइसोलेसनमा १४ दिनको लागि र असंक्रमित क्वारेन्टीनमा ७ दिनको लागि राखिन्छ । अनि समुदायमा कोरोनाको बाटोमा पूर्ण विराम लाग्छ ।

एउटा भेन्टिलेटर किन्ने पैसाले एउटा बस आउँदो रहेछ । एउटा नयाँ अस्पताल बनाउने पैसाले १० बटा बस र त्यो संचालन गर्ने जनशक्तिलाई खर्च पुग्दो रहेछ । नाकाको राम्रो व्यवस्था भए न भेन्टिलेटर किन्नु पर्छ न त नयाँ अस्पताल नै बनाउँनु पर्छ । बरु अहिले को जस्तो खर्चले नयाँ सुरक्चित यातायात संयन्त्रलाई सरकारी यातायात निर्माण गरी पछि तेसैलाई साझा यातायात झै चलाउन सकिने रहेछ ।

पुछारमा संक्रमितको सकिनसकी उपचार, क्वारिन्टीन, आइसोलेसन व्यवस्थाको कोलाहल समुदायभित्र कुदिकुदी गरिने कन्ट्याक टेसिङ र अर्थ व्यवस्था ढाल्न सक्ने छिनछिनका लकडाउन । यी कठोर र महँगो यात्रा कसरी कम गर्ने रु यो कठिन यात्रामा एकअर्काप्रतिको अविश्वासबाट कसरी बच्ने रु उत्तर यही हो कोरोना सर्पको टाउकोमै ठोक्ने । यसको लागि सिमामै लगानी गर्ने । सिमामै रोक्ने र सिमामै व्यवस्थापन गर्ने । अर्थात्, कोरोनारुपी सर्पको टाउकोमै प्रहार गर्ने ।

एउटा वालकले भगवानलाई भेटेछ र सोधेछ ‘भगवान यो कोरोनाबाट हामीलाई किन नबचाएको रु’ भगवानले अर्ध मुस्कानमा भनेछन ‘हेर बाबु यो भाइरस पनि मैले बनाएको हो । तिमीलाई पनि मैले नै बनाएको । वास्तवमा मेरो लागि कोरोना भइरस प्रजाति र मासिन प्रजाति एउटै हुन । समान प्राणी । मानिसहरु भगवान हाम्रो मात्रै भन्छन होइन म तपशुपती हुँ । सबै पशुहरुको देवता ।’

तर म हेरिरहेछु ६ महिनामा कोरोना भाइरसले ६ चोटी आफ्नो रुप फेरेर आफुलाई पृथ्वीमा जीवित राख्ने प्रयासमा छ । मैले तिमी र अरु मानिसलाई पृथ्वीमा बाँच्न प्रचुर मात्रामा सतबुद्धि, दिमाग, हैसला आदि आदि दिएको छु । भाइरस भन्दा यसको प्रयोग धेरै गर मेरो आर्शिवाद यही हो ।

वर्षेसम्म महामारीको बैज्ञानिक व्यवस्थापनको सदबुद्धि प्रयोग होस, अनि सर्प मार्ने टाउकोमै ठोक्ने विधी अब अगाडी प्रयोग होस् । ६ महिनासम्म कोरोना पछिपछि कुदी रहेका हामी जस्ता थकित स्वास्थ्यकर्मीको झिपिक झिपिक कहिले काही बल्ने बल्ने एउटा सानो सपना ।

लेखक कर्णाली प्रदेश अस्पताल सुर्खेतमा कार्यरत छन्। नागरिक दैनिक बाट

प्रकाशित मितिः शनिबार, भदौ १३, २०७७     5:25:52 PM
error: Content is protected !!