☰ open Loading... 24 February 2025|  

सडक निर्माणमा रकम अनियमितता गरेको भन्दै २जना अख्तियारकाे नियन्त्रणमा
  | १४ भाद्र २०७७, आईतवार ०९:५८

 

दैलेख– दैलेखको गुरासँ गाउँपलिका वडा नम्वर ६ मा निर्वाचन क्षेत्र विकास कोष मार्फत भिउचुला – वगौरा – पुलिया सडकको स्तर उन्नतीकाे क्रममा आर्थिक अनियमितता गरेको भन्दै २जनालाई अख्तियार दुरुपयोग  अनुसन्धान आयोगको कार्यालय सुर्खेतकाे टाेलिले नियन्त्रणमा लिएको छ।

उक्त सडकमा ४९ लाख ६२ हजार ५ सय रकम विनियोजन भएको थियो । उपभोक्ता समिति मार्फत काम गरिएको उक्त सडकमा अनियमितता गरेको अडियो सार्वजनिक भएपछि चर्को बिराेध भएको थियो।भिउचुला पुलिया सडक स्तरउन्नतीका क्रम एकआपसमा रकम हिनामिना गरेको भन्ने उजुरीको अधारमा उनिहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको हो ।

सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष गगनसिंह खत्री, र सचिव गाेविन्द ओलीलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतका सुचना अधिकारी मेघनाथ साप्कोटाले जानकारी दिए ।