☰ open Loading... 19 April 2024|  

उद्धारमा प्रयोग गरिएको गाडी भाँडा पाएनन्
  | १४ भाद्र २०७७, आईतवार १८:२५

 

 

 

 

दैलेख – टाठीकाँध गाउँपालिका दैलेखले आफ्ना नागरिकहरुलाई नेपाल–भारत सिमा जमुनाहाबाट उद्धार गरेर ल्याउदा प्रयोग गरिएको गाडी भाँडा दिएको छैन् । गाडी साहुले संकटको बेला उद्धार गरेर गाउँपालिका पठाएपनि भाँडा नदिने खवर आएपछि दुखित भएको बताएका छन् । बा५ख ७०२६ नम्वर फोर्स गाडीबाट ३ महिनाअघि १३ जनालाई नेपालगजको जमुनाहा नाकादेखी उद्धार गरेर टाठीकाँध गाउँपालिका लगिएको थियो । गाउँपालिका अध्यक्ष धिरबहादुर शाहीसंग समन्वय भएर २६ हजार रुपैँया दिने सहमतीपछि त्यस्तो संकटमा आफुले उद्धार गरेको तर, अहिले गाउँपालिका अध्यक्षले नै भुक्तानी दिन्नौ भन्ने जवाफ दिएको गाडी धनी सुर्यप्रसाद रिजाल (अरुण) ले पश्चिमनेपाल डटकमसंग गुनासो गरे ।

गाडीले गाउँपालिकामै प्रहरीको रोहवरमा भारतबाट आएका यात्रुहरुलाई जिम्मा लगाएर फर्किएको थियो । गाडी धनी रिजालका अनुसार यात्रु छोडेर फर्कदा पैसा मागेको तर, अध्यक्षले पछि पठाउने भनेपछि गाडी फिर्ता भएको थियो । उद्धारका लागि गाउँपालिकाबाट गाडीका नाममा सिफारिस समेत पठाईएको पाईएको छ । ‘मैले यात्रुको नाम, सिफारिस र विल समेत गाउँपालिकामा पठाए ।’ गाडी धनी रिजालले भने, अहिले अध्यक्षलाई फोन गर्दा पैसा दिन नसकिने भनेर जवाफ आयो । अव कहाँ गएर पैसा असुल्ने होला ?’ ल्याएको मान्छेको विवरण नपाएको र कहाँ ल्याएर कस्को जिम्मा लगाएको पालिकालाई थाहा नभएकाले भुक्तानी नदिईएको टाठीकाँध गाउँपालिकाका अध्यक्ष धिरबहादुर शाहीले बताए ।