☰ open Loading... 1 October 2020|   शुक्रबार, अशोज १६, २०७७

साथी के तिमी फेरि चिङ्गाड खोला बन्न चाहन्छौ ? (कबिता)

  |

 

साथी के तिमी फेरि चिङ्गाड खोला बन्न चाहन्छौ ?

हिजो तिमी फरक थियौ आज पनि फरक नै छौ
तिमी हिजो एक छाक पेट भर्न चाहन्थ्यौ
आज तिम्लाइ सान शौकात अनि महल चाहिन्छ
हिजो तिम्रो चाहना केवल समाजसेवा थियो
आज तिम्रो चाहना जतासुकै कब्जा चाहन्छ

अझ भनौ
तिम्रा चाहनाहरु यति बढेका छन कि
मानौ यो एक्काइसौं शताब्दी तिम्रै हो
हिजो तिमिसङ्ग केही थिएन
आज तिमिसङ्ग के छैन ?

जे होस तिम्रा शुभचिन्तक बढेसङ्गै
तिम्रो ताकत पनि बढेछ,
तिम्रो चाहना पनि बढेछ
बस फरक यत्ती हो प्यारा
बार्ह बर्षमा खोलो फर्केछ !

हो बार्ह बर्षमा खोलै फर्केछ
हिजो एक छाकखानाको म जस्तै अपेक्षा गर्थ्यौ
आज काठमाडौमा महल बनाइसकेछौ
हिजो सर्बहाराको कुरा गर्ने तिम्रो बोलिले
आज नव सामन्तीको रुप फेरेछ
फरक यति भै सकेछ कि
अहिले आशेपासे पालेका छौ ।

अहिले तिम्रा दिन फेरिए,
खोलाबाट समुद्र बनेपछी !
थाहा होला एकपटक तिमी
समुद्र नै बन्न खोजेका थियौ
तर केही समयमा तिमी नुन बन्दै सकिदै थियौ ।

त्यो नुनको धुलो एकीकृत गर्न सक्दैन थियौ तिमि
समुद्रबाट भेरी जत्रै बन्यौ एक पटक
अनि, त्यो भेरीबाट पनि लाग्छ चिङ्गाड खोला बन्दै थियौ
बिचैमा,
तिम्लाइ तिमी जस्तै केही दिन हैन
निरन्तर बगिरहेको
कर्णालीले सङ्गै यात्रा गर्न पहल गर्यो
र आज समुद्रको धाक लगाइरहेछौ ।।

कति छिटो भुलेछौ साथी ?
कति छिटो भुलेछौ ?
त्यही कर्णालीको संगत गरेर अहिले
गङ्गा जमुना हुँदै समुद्र पुगेका छौ ।
नत्र सम्झ त !

चिङ्गाड खोला भएको भए
मुस्किलले भेरी पुग्थ्यौ त्यो पनि बर्खे सिजनमा
तिम्रो किनारा बाट
ठेकेदारले बालुवा निरन्तर झिक्थे
तिम्रो बाटो यति अल्मलिन्थ्यो कि
न भेरी पुग्थ्यो यात्रा न कर्णाली नै
तसर्थ दम्भ त्याग साथी
दम्भले न तिम्लाइ फाइदा छ न तिम्रालाइ
सोच फेरि चिङ्गाड बन्ने कि समुद्रमा नै पुग्ने ?

बस मेरो भन्नू यत्ती हो
भिरमा खस्न थाल्यौ भने
म हेरेर राम राम त भनौला
काध थाप्न भने सक्ने छैन
जय होस तपाइको साम्यबाद यात्रा !

                     लेखक:सेर बहादुर थापा 

प्रकाशित मितिः सोमवार, भदौ १५, २०७७     9:02:49 AM
error: Content is protected !!