☰ open Loading... 19 April 2024|  

सडक सफाइ कर्मचारीलाई स्वास्थ्य सामग्री वितरण
  | १५ भाद्र २०७७, सोमबार ०९:०५

सुर्खेत -सडक डिभिजन कार्यालय सुर्खेतले सडक सफाइ कर्मचारीलाई स्वास्थ्य सामग्री वितरण गरेकाे छ । काेराेनाकाे त्राससँगै जाेखिम बढ्दै गएपछि दुईवटा माक्स र एउटा साबुन वितरण गरिएकाे हाे ।







सडक सफाइ कर्मचारीलाई स्वास्थ्य सामग्री वितरण गरिँदै ।

सडक डिभिजन कार्यालयका सूचना अधिकारी देवेन्द्र भट्टराईका अनुसार बड्डीचाैरदेखि बांगेशीमलसम्मका सडक सफाइ कर्मचारीलाई स्वास्थ्य सामग्री वितरण गरिएकाे छ । अन्य सडक सफाइ कर्मचारीलाई पनि वितरण गरिने उनकाे भनाइ छ ।
जाेखिम परे अरु स्वास्थ्य सामग्री पनि वितरणा गरिने सूचना अधिकारी भट्टराईले जानकारी दिए ।