☰ open Loading... 29 March 2024|  

दुल्लुमा नेकपाका कार्यकर्ता काँग्रेसमा प्रवेश
  | २० भाद्र २०७७, शनिबार १९:५१

 

दैलेख –दुल्लुनगरपालिका ९ पादुकाबाट नेकपा र मजदुर किसान पार्टीबाट ४० जना कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । उनीहरुले एक समाहरोहविच नेपाली काँग्रेसको सदस्यता लिएका हुन् ।

क्षेत्र नम्वर २ का क्षेत्रिय सभापती घनश्याम भण्डारी सहित काँग्रेस नेताहरु भरतप्रसाद रिजाल,, धर्मनाथ योगी, दिपक विक, सुर्य विक पार्टी प्रवेश कार्यक्रममा सहभागी भई पार्टीमा स्वागत गरेका थिए ।

अहिले काँग्रेसले देशभर जागरण अभियान अन्र्तगत पार्टीमा सदस्य संख्या बढाउने अभियान थालेको छ । दुल्लुनगरपालिकाभर अहिले पार्टी प्रवेश अभियान थालिएको काँग्रेस नेता भरतप्रसाद रिजालले बताए ।