☰ open Loading... 24 February 2025|  

विपि जन्म जयन्तीको अवसरमा ब्याटमेन्टन वितरण
  | २४ भाद्र २०७७, बुधबार २०:३१

 

 

सुर्खेत – लेखबेसी गाउँपालिका ७ का लक्ष्मण कँडेललाई विपि जयन्तीको अवसरमा खेलकुद सामाग्री वितरण गरिएको छ । चिङगाड गोगटेमै पुगेर ¥याकेट, कर्क वितरण गरिएको हो । सामान्य परिवारका कँडेल ब्याटमिन्टनमा प्रतिभाशाली यूवा भएका कारण उनलाई खेलकुद सामाग्री दिईएको हो । सुगारिका कृर्षि फर्म र नेपाली काँग्रेस कालिकोटका नेता तारा शाहीबाट संयूक्त रुपमा खेलकुद सामाग्री दिईएको हो।

पहिलो चरण उनलाई ५ हजारको ¥याकेट र ३ हजारको कर्क दिईएको जनाईएको छ । पशुपती आधारभुत विद्यालय लेकबेशी गाउँपालिकामा अध्यानरत्त लक्ष्मणको रुची ब्याटमेन्टिनमा रहेको छ । खेलकुद सामाग्री नहुँदा अरुको मागेर खेल्ने गरेका थिए। आफुहरु त्यहाँ जाँदा खेलकुद सामाग्री नहुँदा पनि राम्रो खेलेको देखेकाले यो अवसर पारेर खेलकुद सामाग्री वितरण गरेको सुगारिका कृषि फर्मका प्रोप्राईटर सुशिल केसीले बताए ।
आर्थिक अभावका कारण खेलकुद सामाग्री किन्न नसक्ने भएकाले उनको खेलकुदमा भविष्य देखेकाले सहयोग गरिएको सुगारिका कृषि फर्मका प्रोप्रराईट सुशिल केसीले बताए । चिङगाडमै पुगेर नेपाली काँग्रेसका नेता गोविन्द कोईराला, सुगारिका कृर्षि फर्मका प्रोप्राईटर सुशिल केसी लगायतको सहभागीमा खेलकुद सामाग्री वितरण गरिएको हो । छोराको खेलकुदप्रतिको मोहलाई साहाकार गर्न खेलकुद सामाग्री वितरणले ठुलो टेवा पुग्ने उनकी आमा अम्माकुमारी कँडेलले बताईन् ।