☰ open Loading... 29 March 2024|  

भालुको आक्रमणबाट एकजना घाइते
  | २५ भाद्र २०७७, बिहीबार १७:४८

 

सल्यान, भदौ २५,सल्यानमा भालुको आक्रमणबाट एकजना घाइते भएका छन् । कालीमाटी गाउँपालिका-१, आरुचौरका ३५ वर्षीय नरबहादुर समाल घाइते भएका हुन्। 
जुम्ले ढुंगा सामुदायिक वनमा गोरु चराउन गएको समयमा उनलाई भालुले आक्रमण गरेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता राजेशनाथ बास्तोलाले जानकारी दिए ।